२ वटा पालिकाकाे शिक्षण संस्था अनिश्चितकालिन बन्द

दीक्षण समाचार
चरिकोट, बैशाख १६
विश्वभर लाखौँ मानिसको ज्यान लिइसकेको र करोडौँ मानिसलाई सिकिस्तै पारेको कोरोना संक्रमणले नेपालमा पनि भयाभह रुप लिने संकेत देखाएको छ । कोरोनाले उच्चतम खतराको ‘घन्टि‘ बजाएको छ । नेपालका कतिपय जिल्ला र पालिकामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि विविध प्रयास भईरहेका छन् । तर सुस्त गतिमा कोरोना नियन्त्रणको प्रयास भईरहँदा कोरोना भने ‘अटेरी’ भई तीव्र गतिमा फैलिरहेको छ । यसरी कोरोना तीव्र गतिका साथ फैलिन थालेपछि बालबालिका विद्यार्थीलाई कोरोना भाइरसबाट सुरक्षित राख्ने भन्दै सम्पूर्ण शिक्षण संस्थाहरु बन्द हुन थालेका छन् । धमाधम वार्षिक परिक्षाहरु सञ्चालन हुने समयमा कोरोना भाइरसले आतंक मच्चाउने थालेपछि पालिकाहरुले आफैँ निर्णय गरी विद्यालयहरु बन्द गर्ने तथा परिक्षाहरु स्थगित गर्ने बताएका छन् । तर दोलखाका केही पालिकाहरुले विद्यालय बन्द गर्न अटेरी गरिरहेका थिए । यद्यपी जिल्लामा पनि दिनमै ३ देखि ६ जनासम्ममा कोरोना भएको पुष्टि हुन थालेपछि पालिकाहरुले सामाजिक सञ्जाल तथा बेवसाइटमार्फत् सूचना जारी गर्दै विद्यालय बन्द भएको जानकारी दिन थालेका छन् । शैलुङ गाउँपालिका र तामाकोशी गाउँपालिकाका शिक्षण संस्थाहरु त अनिश्चितकालिन बन्द गरिएका छन् । शैलुङ गाउँपालिकाका एक विद्यालयमा अध्यापन गराउने १ जना शिक्षकमैँ कोरोना संक्रमण देखिए पछि पालिकाको सेवा सगैँ विद्यालय समेत अनिश्चितकालीन बन्द भएको जानकारी गराएको छ । अब शिक्षण संस्थाहरु कहिलेबाट खुलाइन्छ भन्ने विषयमा केही जानकारी दिएको छैन् । यद्यपी शिक्षण सिकाई सहजीकरण गर्ने गराउने पनि कुनै जानकारी दिन सकेको छैन् । यस्तै तामाकोशी गाउँपालिकाले बिहीबार एक सूचना फेसबुक मार्फत् सार्वजनिक गरी विद्यालयमा उपस्थित भई भौतिक रुपमा पढाउनेपढ्ने कार्य बन्द भएको जानकारी दिएको छ । पालिकाले अर्को व्यवस्था नभएसम्म यो व्यवस्था जारी रहने अर्थात् अनिश्चितकालिन विद्यालयहरु बन्द भएको जनाएको छ । यद्यपी वैकल्पिक सिकाई सहजीकरण विधि अुनूरुप शिक्षण सिकाईलाई निरन्तरता दिइने संकेत गरेको छ ।
जिरीका बैशाख २४ र भीमेश्वरका २५ गतेसम्म बन्द
कोरोना जोखिमलाई मध्यनजर गर्दै जिरी नगरपालिकाले बिहीबारदेखि २४ गतेसम्मका लागि शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । यत्ता भीमेश्वर नगरपालिकाले शिक्षण संस्थाहरु बिहिबारदेखि बैशाख २५ गतेसम्म बन्द भएको जनाएको छ । बुधबार बसेको भीमेश्वर नगर शिक्षा समितिको बैठकले बिहीबारदेखि लागु हुने गरी बैशाख २५ गतेसम्मका लागि शिक्षणसंस्थाहरुमा भौतिक पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो । उता बैतेश्वर गाउँपालिकाले वार्षिक परिक्षा सम्पन्न गरी २१ गतेबाट शिक्षण संस्था बन्द गर्ने जनाएको छ।

Shares

Be the first to comment on "२ वटा पालिकाकाे शिक्षण संस्था अनिश्चितकालिन बन्द"

Leave a comment

Your email address will not be published.


*