२४ घण्टामा १ हजार ३ सय ६३ पिसिआर परीक्षण, बिहीबार तीनजना संक्रमित थपिए

काठमाडौँ, १ जेठ 

माघ १४ गतेबाट सुरु गरिएको कोरोना भाइरसको पिसिआर विधिबाट अहिलेसम्म साढे २२ हजार बढीको नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ सहित अहिलेसम्म २२ हजार ६ सय ६४ वटा पिसिआर परीक्षण भएका छन् । यसैगरी आरडिटी विधिबाट अहिलेसम्म ६२ हजार ३ सय २७ वटा परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ८ वटा परीक्षण भएका छन् । सरकारले परिक्षणको दायरा बढाउँदै लगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ मा ८ हजार ६ सय ७३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ६४, बागमती प्रदेशमा ९ हजार ८ सय ६१ र गण्डकी प्रदेशमा ६ हजार ७ सय १६ वटा आरडिटी परीक्षण भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ११, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिममा १५ हजार ८ सय ९५ जनाको आरडिटी परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

बिहीबार तीनजना संक्रमित थपिएको प्रवक्ता देवकाटाले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा काठमाडौंका ३२ वर्षिय पुरुष र कपिलवस्तुका ६ वर्षिया बालिकामा संक्रमण पोजेटिभ देखिएको हो । भरतपुर अस्पतालमा भएको परीक्षणमा नवलपरासीपूर्वका ४९ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो । १ सय ९८ पुरुष र ४८ महिला गरी नेपालमा २ सय ४६ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार काठमाडौं उपत्यकामा ६ सहित देशभरी २ सय ७२ जना आइसोलेसनमा रहेका छन् । आइसोलेसनमा सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरु उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा १ सय १, बागमती प्रदेशमा ३७ ९उपत्यकामा ६ सहित०, गण्डकीमा १ र प्रदेश नम्बर ५ मा १ सय १२ जना आइसोलेसनमा रहेका छन् ।

अहिले विभिन्न क्वारेन्टाइनमा १५ हजार ६ सय जना रहेका छन् । देशभरी ५३ हजार ८ सय ३५ जनालाई राख्न सक्ने क्षमताको क्वारेन्टाइन स्थापना भएका छन् । सरकारले प्रदेश नम्बर १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ । देशभरी २८ जिल्लामा कोरोना परीक्षण गर्ने योजना सरकारले बनाएको छ ।

Shares

Be the first to comment on "२४ घण्टामा १ हजार ३ सय ६३ पिसिआर परीक्षण, बिहीबार तीनजना संक्रमित थपिए"

Leave a comment

Your email address will not be published.


*