२० अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिज नेपाललाई

चरिकोट –२० अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपाल जितेको छ । आज भएको अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १४ रनको हराएको हो ।

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज नेपालले जितेको छ । आइतबार भएको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा युएईलाई १४ रनले पराजित गर्दै नेपालले तीन खेलको सिरिज २-१ ले जितेको हो ।

योसंगै नेपालले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेदै ऐतिहासिक सफलता प्राप्त गरेको छ । यसअघि नेपालले दुई राष्ट्रसंग टी-ट्वान्टी सिरिज खेलेपनि सिरिज जित्न सकेको थिएन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर १०४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ तथा सन्दीप जोराले २८ रन बनाए ।

यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २ रन बनाए । सोमपाल कामी र पवन सर्राफ सुन्य रनमा आउट भए ।

युएईका मोहमद नाभिद र सुल्तान अहमेदले २/२ विकेट लिए । अमीर हायत, जोहर खान र मोहमत बोताले १/१ विकेट लिए ।

योसंगै नेपालले युएईविरुद्ध दुई सिरिजमा कब्जा जमाएको छ । यसअघि नेपालले एकदिवसीय सिरिज २-१ ले जितेको थियो ।

 

 

Shares

Be the first to comment on "२० अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिज नेपाललाई"

Leave a comment

Your email address will not be published.


*