भीमेश्वर नगरपालिकामा १ सय ११ वटा कुकुरको बन्ध्याकरण

इश्वर बिश्वकर्मा/ चरिकोट, –दोलखाको भीमेश्वर नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज रोग बिरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको कार्यक्रममा एक सय ११ वटा कुकुरलाई बन्ध्याकरण गरी खोप लगाइएको छ । जसमा ७५ पोथी र ३६ वटा भाले कुकुर रहेको छ । हिमालयन एनीमल रेक्यु ट्रस्टको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ट्रस्टका १२ जना र नगरपालिका पशु सेवा शाखाका प्राविधिकको टोली खोप र औजार सहित टोलटोलमा खटिएका थिए । रेबिजको जोखिम निर्मुल पार्न नगर भित्रको कुकुरहरुलाई बन्ध्याकरण गरी रेबिज बिरुद्धको खोप लगाइएको पशु सेवा शाखा प्रमुख रमला घिसिङले बताउनुभयो । टोलटोलमा छाडा कुकुरको कारण रेबिजको साथै अन्य जोखिम रहेको थियो । सवारी चालक तथा पैदल यात्रुले बेलाबेलामा कुकुरकै कारण सास्ती भोग्नुपर्ने अवस्था थियो । तर अब भने कुकुरलाई रेबिज खोप लगाइएको र बन्ध्याकरण गरिएकोले कुकुरको संख्यामा न्यूनीकरण भई जोखिम कम हुने भएको उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा १ सय ११ वटा कुकुरको बन्ध्याकरण"

Leave a comment

Your email address will not be published.


*