दोलखाका १७ जना मावि शिक्षकलाई नियुक्ति

चरिकोट(दीस)ः दोलखाका विभिन्न स्थानीय तहहरुमा १७ जना स्थायी शिक्षकहरुको नियुक्ति गरिएको छ । शिक्षक सेवा आयोगबाट सिफारिस भइ आएका विभिन्न विषयका १७ जना माध्यमिक शिक्षकहरुको आइतवार नियुक्ति गरिएको हो ।
अंग्रेजी, गणित, नेपाली , विज्ञान तथा सामाजिक विषयका १७ जना माध्यमिक तहका शिक्षकहरुलाई आईतवार नियुक्ति गरिएको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठले जानकारी दिनुभयो । नियुक्ति गरिएका १७ जना माध्यमिक तहका शिक्षकहरुमा गणित विषयका ८ अंग्रेजीका ५, नेपालीका २ तथा विज्ञान र सामाजिक विषका एक(एक जना रहेका समन्वय ईकाई प्रमुख श्रेष्ठको भनाई रहेको छ ।
नियुक्ति गरिएका स्थानीय तहहरुमा भीमेश्वर नगरपालिकामा गणित विषयका दुई जना, जिरी नगरपालिकामा अंग्रेजी विषयको एकजना, मेलुङ गाउँपालिकामा अंग्रेजी, गणित तथा नेपाली विषयका एक(एक जना, तामाकोसी गाउँपालिकामा अंग्रेजी विषयमा एकजना, गणितमा दुईजना तथा विज्ञान विषयमा एक जना रहेका छन् । यस्तै कालिञ्चोक गाउँपालिकामा अंग्रेजी, गणित र सामाजिक विषमा एक(एक जना, शैलुङ गाउँपालिकामा अंग्रेजी विषयका एकजना तथा विगु गाउँपालिका गणित, नेपाली विषयको एक(एक जना तथा गौरिशंकर गाउँपालिकामा गणित विषयको एक जना नियुक्ति गरिएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ । स्थानीय तह तोकी नियुक्ति दिई पठाइएका शिक्षकहरुलाई स्थानीय तहले विद्यालय तोकी पदस्थापन गर्ने कानुनी ब्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "दोलखाका १७ जना मावि शिक्षकलाई नियुक्ति"

Leave a comment

Your email address will not be published.


*