१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यसमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित बजेटमध्ये चालु खर्च ४१.२ प्रतिशत, पुँजीगत खर्च २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १२.६ प्रतिशत बजेट विनियोजन भएको छ ।  त्यस्तै प्रदेश र स्थानीय तहमा ३ खर्ब ८६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गरिने भएको छ । प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको कुल वित्तीय हस्तान्तरण मध्ये ८४ प्रतिशत चालु शीर्षकमा खर्च हुनेछ । १० खर्ब २ अर्ब रुपैयाँ राजस्व र ६३ अर्ब ३७ करोड रुपैयाँ  वैदेशिक अनुदानका अतिरिक्त अर्थमन्त्रीले बजेटमा उल्लेखित स्रोत जुटाउन ३ खर्ब ९ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता र २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने उल्लेख गरेका छन् ।

Shares

Be the first to comment on "१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट"

Leave a comment

Your email address will not be published.


*