१४ स्थानमा पीसीआरबाट कोरोनाको नमुना परीक्षण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पीसीआर मेसिन देशका १४ स्थानबाट परीक्षण सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालले यसअघि १३ स्थानबाट परीक्षण हुँदै आएकोमा आजबाट पाटन अस्पतालमा पीसीआर मेसिन जडान गरेको बताए ।

उनले कोरोना भाइरसको द्रुतगतिमा गरिने परीक्षण र्‍यापिड टेस्ट किटबाट ७५ जिल्लामा परीक्षण सुरु गरिसकेको बताए । “यसअघि नै सातै प्रदेशमा ५ हजारको दरले कोभिड परीक्षण गर्ने आरडीटी पठाएकोमा शुक्रबार थप ३० हजार पठाइएको छ,” उनले भने, “र्‍यापिड टेस्टकिट देशभैर हालसम्म ६५ हजारसम्म सातै प्रदेशमा पठाइसकेको छ ।”चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का एमडी गरिरहका ३४ जना चिकित्सकहरू सुदूरपश्चिम जिल्लामा पठाइएको उनले बताए । उनले भने, “ती चिकित्सकहरूले एक महिना सुदूरपश्चिम जिल्लामा रहेर सेवा दिनेछन् ।”

देशैभरका अस्पतालहरूमा शुक्रबारसम्म आइसोलेसनमा ९० जना भर्ना भएका छन् । जसमा काठमाडौं उपत्यकामा ५ जना र बाहिर ८५ जना उपचाररत छन् । कोरोनाभाइरसको आशंकामा शुक्रबार सम्ममा दुवै आरडीटी र पीसीआर विधिबाट २४ हजार २५२ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आजसम्म कोरोना संक्रमितको संख्या १६ जना नै रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

सातै प्रदेशका क्वारेन्टाइनमा चार हजार ६०७ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार गत २४ घण्टामा मन्त्रालयले जारी गरेको हटलाइन नम्बर १११५ र ११३३ मा दुई हजार ६३२ जनाको गुनासो सम्बोधन गरिएको छ ।

Shares

Be the first to comment on "१४ स्थानमा पीसीआरबाट कोरोनाको नमुना परीक्षण"

Leave a comment

Your email address will not be published.


*