१४ औं स्थापना दिवसको अवसरमा रक्तदान सम्पन्न

चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । परोपकार महिला साकोसको चरिकोटको १४ औं स्थापना दिवसको अवसरमा उक्त रक्तदान सम्पन्न भएको हो । उक्त कार्यक्रममा १९ जना रक्तदाताले रक्तदान गर्नु भएको छ । जसमा पुरुष ८ र महिला ११ जनाले रक्तदान गर्नु भएको साकोसकीअध्यक्ष शर्मिला सापकोटाले जानकारी दिनु भयो । कार्यक्रम संस्थाकी अध्यक्ष शर्मिला सापकोटा र वागमती प्रोस्कुनका महासचिव जिवसराज खड्काको प्रमुख अतिथ्यता सम्पन्न भएको हो ।

त्यसैगरी रक्तदान कार्यक्रममा भीमेश्वर नगरपालिकाका सहकारी विभाग प्रमुख नारायण प्रसाद सेढाई , जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद शर्मा, जिल्ला बचत संघ दोलखाका उपाध्यक्ष जगतप्रसाद सुवेदी, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति ईश्वरीप्रसाद दहाल,संयोजक गोकर्ण प्रसाद पोखरेल,नेपाल पत्रकार महासंघका अध्यक्ष दीपशंकर चौलागाई,कालिञ्चोक एफ.एमका स्टेशन मेनेजर जीवन लामा, लगायत संस्थाका सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति तथा कर्मचारीको उपस्थिति रहेको आयोजक संस्थाले बताएको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "१४ औं स्थापना दिवसको अवसरमा रक्तदान सम्पन्न"

Leave a comment

Your email address will not be published.


*