१३ लाखको लागतमा विन्धवासिनी पोखरीको निर्माण

नवराज शिवाकोटी,चरिकोटः दोलखाको उत्तरी भेगमा रहेको कालिञ्चोक गाउँपालिका वडा नम्बर आठमा अवस्थित सांस्कृति एवं धार्मिक महत्वको विन्धवासिनी पोखरीको मर्मत गरिएको छ बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पोखरीका निर्माण गरिएको हो ।
वडा नम्बर आठको साँखल्पुमा रहेको सांस्कृतिक तथा धार्मीक महत्वको विन्धवासिनीको पोखरीको निर्माण प्रदेश सकारको १३ लाख अनुदान तथा स्थानीयको श्रमदानबाट सम्पन्न भएको कालिञ्चोक गाउँपालिका वडा नम्बर आठका वडाध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो । १३ लाख प्रदेशको अनुदान तथा विस प्रतिशत स्थानीयको श्रमबाट पोखरी निर्माण सम्पन्न भएको उहाँको भनाई रहेको छ ।
परापूर्वकाल देखिनै यो पोखरीमा जुठो हालेमा गाउँमा विपत्ति आउने जन विश्वास रहीआएको स्थानीय निरज आचार्य ले बताउनु भयो । पोखरी निर्माण सम्पन्न भई धार्मीक विधिअनुसारको अनुष्ठान समेत सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर आचार्यले जानकारी दिनुभयो । पोखरी निर्माणले स्थानीयको धार्मीक आस्थाको सम्मानहुनाकासाथै गाउँको सौन्दर्यमा पनि बृद्धि भएको उहाँको भनाई रहेको छ ।
परापूर्व कालदेखिनै आस्थाको धरोहरको रुपमा रहेको यो पोखरीको पूनर्निमाणबाट स्थानीयहरुको र्सास्कृतिक धरोहरको संरक्षण भएको वडा नम्बर आठका स्थानीयहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "१३ लाखको लागतमा विन्धवासिनी पोखरीको निर्माण"

Leave a comment

Your email address will not be published.


*