१२ हजार किवीको बिरुवा बिक्री गर्ने योजना

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक १४

सितोष्ण फलफूल रुट स्टक विकास केन्द्र (बागबानी फर्म) बोचले १२ हजार किवीको बिरुवा बिक्री गर्ने भएको छ ।
चालु आर्थिक वर्ष बेच्न योग्य १२ हजार किवीका बिरुवा बिक्री गर्ने योजना रहेको केन्द्रका निमित्त प्रमुख विनोद रोक्काले बताए ।
दोलखा, रामेछाप र सिन्धुली जिल्ला कार्यक्षेत्र रहेको केन्द्रले कार्यक्षेत्र सहित बागमती प्रदेशको किवी उत्पादन हुने नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लामा समेत बिक्री गर्ने छ । जिल्लाको मागको आधारमा नेपाल सरकारले तोकेको दररेट अनुसार प्रतिगोटा १ सय रुपैयाँमा बिक्री गरिने उनले बताए ।

विरुवा खरिदका लागि सितोष्ण फलफूल रुटस्टक विकास केन्द्र, कृषि विकास निर्देशनालय हेटौडा र राष्ट्रिय फलफूल विकास केन्द्र किर्तिपुरमध्ये एउटा कार्यालयमा निवेदन पेश गर्नुपर्ने केन्द्रका निमित्त प्रमुख रोक्काले बताए ।
केन्द्रले ८ वटा पोथी किवीका निम्ति १ वटा भाले किवी बिरुवा बिक्री वितरण गर्ने छ । निमित्त प्रमुख रोक्काको अनुसार पुसको पहिलो हप्तासम्ममा बिरुवा बिक्री वितरण गरि सकिने छ ।
। केन्द्रले तरकारी, फलफुलको बेर्ना उत्पादन तथा बिक्री गर्ने गरेको छ । केहिदिन पछि केन्द्रले प्याजको बेर्ना बिक्री गर्न सुरु गर्ने भएको छ । गत बर्ष १ रुपैयाँमा ४ वटा बिक्री गरेकोमा यो बर्ष कृषि विकास निर्देशनालयले दर तोकेपछी सोहि दररेट अनुसार बिक्री गरिने केन्द्रले जनाएको छ ।

Shares

Be the first to comment on "१२ हजार किवीको बिरुवा बिक्री गर्ने योजना"

Leave a comment

Your email address will not be published.


*