१२ तोला सुन चोर्ने महिला चरिकोटमा पक्राउ

माघ १७, चरिकोट । नुवाकोटको बिदुरमा १२ तोला सुन चोरी गरी फरार रहेकी एक महिला दोलखाको सदरमुकाम चरिकोटमा पक्राउ परेकी छन् ।
नुवाकोट जिल्लाको विदुर नगरपालिका–१, त्रिशुलीबजारबाट १२ तोला सुन चोरी गरी फरार भएर सदरमुकाम चरिकोटको सातदोबाटो आइपुगेकी विगु गाउँपालिका–४, लादुक घर भई भीमेश्वर नगरपालिका–६, चरिकोटमा डेरा गरी बस्ने आस्था भनिने नम्रता श्रेष्ठ पक्राउ परेकी हुन् ।

त्रिशुलीबजारका ५४ बर्षिय हिराकृष्ण श्रेष्ठले संचालन गरेको श्रेष्ठ होटलबाट १२ तोला सुनका गरगहना चोरी गरी फरार रहेकी नम्रतालाई खोजतसास गर्दा चरिकोट सातदोबाटोबाट पक्राउ गरिएको दोलखा प्रहरीकी सूचना अधिकारी प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिइन् ।

पक्राउ परेकी श्रेष्ठको शरिर तथा झोला खानतलासी गर्दा लेडिज साईड व्यागमा सुनका गरगहनाहरू वरामद भएको प्रहरी निरीक्षक बज्राचार्यले बताइन् ।प्रारम्भिक सोधपुछका क्रममा बरामद गरगहना नम्रताले चोरी गरी ल्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

नम्रताको साथबाट सुनको आंैठी, ब्रास्लेट, सिक्री, सुनको टप, मुन्द्रा एकजोर, टपको सिक्री, सुनको बाला र चाँदीको बाला बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी नम्रतालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुबाकोट पठाईएको प्रहरी निरीक्षक बज्राचार्यले बताइन् ।

Shares

Be the first to comment on "१२ तोला सुन चोर्ने महिला चरिकोटमा पक्राउ"

Leave a comment

Your email address will not be published.


*