१२ करोड लागतमा निर्माण हुने बहुउदेश्य भवनको मन्त्री विष्टद्धारा सिल्यान्यास

चरिकोट/ ईस्वर विक–दोलखाको भीमेश्वर नगरपालिकाले निर्माण गर्न लागेको वहुउदेश्य व्यापारिक भवनको आज श्रम तथा रोजगार मन्त्री गोर्कण विष्टले एक समारोह विच सिल्यान्यास गर्नु भएको छ । भवन निर्माणले नगरपालिकाको समृद्ध अभियानमा सहयोग पुग्नेमा मन्त्री विष्टले विश्वास व्यक्त गर्नू भयो । राजधानीबाट नजिक रहेको दोलखा सम्भावना भएको जिल्ला भएको मन्त्री विष्टले बताउनु भयो । धेरै सुविधा राख्ने उदेश्यले बनाउन लागिएको तोकिएको समय तथा गुणस्तरयुक्त भवन बनाउन उहाँले शुभकामना दिनु भयो । दोलखाको भीमेश्वर नगरपालिकाले १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी कृषि बजार क्षेत्रमा आधुनिक सपिङ कम्प्लेक्स निर्माण सुरु गरेको छ । सपिङ कम्प्लेक्स अर्थात् बहुउद्देश्यीय भवन निर्माण गर्नका लागी जमिन सम्याउने काम मंगलबारबाट सुरु भएको हो । गत असार ४ गते सपिङ कम्प्लेक्स निर्माणका लागी श्याम सुन्दर निर्माण सेवा कम्पनीसँग सम्झौता गरिएको थियो । सो कम्पनीले मंगलबारबाट निर्माण सुरु गरेको भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले जानकारी दिनु भयो । ८ तल्लाको सपिङ कम्प्लेक्सको गुरुयोजना बनाइएको भएता पनि पहिलो चरणमा ५ तल्लामात्रै बनाइने र आवश्यक परेको खण्डमा ८ तल्लाको पनि बनाउन सकिने उहाँले जानकारी दिनु भयो ।
व्यवसायिक सपिङ कम्प्लेक्स निर्माण हुने भएकाले नगरपालिकाको आयस्रोतका साथै दोलखाको पर्यटनमा पनि सहयोग पु¥याउने केसीले बताउनु भयो । कम्प्लेक्सको पहिलो तल्लामा कृषि उपजहरुको बिक्रि वितरणका लागी प्रयोग गरिने मेयर के.सीले बताउनु भयो । नेपाल सरकारको साँढे ७ प्रतिशत, नगर विकास कोषको ८० प्रतिशत, नगरपालिकाले साँढे २ प्रतिशत आर्थिक अनुदान र १० प्रतिशत ऋणमा पार्किङ सहितको सपिङ कम्प्लेक्स निर्माण हुने उपमेयर कमला बस्नेतले बताउनु भयो ।
करिब १३ करोड भन्दा बढीको लागत अनुमान गरिएको सपिङ कम्प्लेक्स क्षेत्रमा आधुनिक सिनेमा हल निर्माणको लागी पनि डिपिआर तयार हुने उहाँले जानकारी दिनु भयो । सपिङ कम्प्लेक्स निर्माणका लागी १२ करोड ६१ लाख ९७ हजार ४ सय १६ रुपैँयाको निर्माण कम्पनीसँग सम्झौता भएको छ । सपिङ कम्प्लेक्समा सार्वजनिक शौचालयको पनि व्यवस्था हुने छ ।
हाल बजारको सार्वजनिक शौचालय भने सपिङ कम्प्लेक्स निर्माण गर्न भत्काइएकाले अस्थाई सार्वजनिक शौचालय १ साता भित्रै निर्माण गरिने जनाइएको छ ।

Shares

Be the first to comment on "१२ करोड लागतमा निर्माण हुने बहुउदेश्य भवनको मन्त्री विष्टद्धारा सिल्यान्यास"

Leave a comment

Your email address will not be published.


*