१० औ बार्षिक उत्सव मनायो

चरिकोट –ग्रामिण उद्यम विकास केन्द्रले आफ्नो १० बार्षिक उत्सव मनाएको छ ।  आइतबार सदमुकाम चरिकोटमा बार्षिक साधारणमा वोल्ने बक्ताले उद्यमसिलतालाई जोड दिन संस्थालाई आग्रह गरे । संस्थाका अध्यक्ष जगदिस शिवाकोटीको अध्यक्षतामा भएको साधारण सभामा कार्यकारी निर्देशक सुमन उप्रतीले संस्थाको कार्य प्रगती प्रस्तुत गरेका थिए । संस्थाले दोलखाका विभिन्न गाँउपालिकामा १२ वटा सिंचाई योजना निर्माण गरेको उनले जानकारी दिए ।
त्यसैगरी तामाकोसी गाँउपालिकामा नमुना घर निर्माण गरेको उप्रेतीको भनाई रहेको छ । त्यसैगरी संस्थाका अध्यक्ष शिबाकोटीले मर्सिकोर नेपाल ,युएनडीपी , सिड इन्डिया , क्रिस्चियन एड सहयोगमा दोलखाका विभिन्न गाँउपालिकामा आर्यआर्जन कार्यक्रम संन्चालन गरेको शिबाकोटीको भनाई छ । साधारणसभामा उत्कृष्ट कर्मचारी अनिल श्रेष्ठ सम्मानित भएका थिए ।

Shares

Be the first to comment on "१० औ बार्षिक उत्सव मनायो"

Leave a comment

Your email address will not be published.


*