(सिन्धुपाल्चोक)– गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन खोजिए पनि भोटेकोशी नदीमा जलसतह बढेकाले कठिनाइ भएको थियो । त्यसैले गत शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार ह्युमपाइप राखेर साना सवारी आवतजावत गराए पनि ठूला सवारी भने तत्काल सञ्चालन गर्न सकिएको छैन । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन पास गराइएको छ । उहाँका अनुसार लार्चामा ह्युमपाइप राखेर सडक सामान्य अवस्थामा सञ्चालन गरे पनि कोदारीको पहिरो तथा लिपिङ खोलाको पुल राख्न अझै बाँकी छ । लार्चामा राखिएको ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारीहरू आवतजावत गराउन कठिनाइ भएको भोटेकोशी गाउँपालिका–३ का अध्यक्ष निमासोना शेर्पाको भनाइ छ । भोटेकोशी बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका लागि तुइनसमेत राखिएको छ । भोटेकोशी गाउँपालिका–२ लार्चामा रहेको बेलीब्रिज बगाएपछि सीमाक्षेत्र लिपिङका स्थानीय सडक सम्पर्कविहीन भएका थिए । पुल बगेपछि ठप्प बनेको तातोपानी नाकालाई लार्चामा तुइन बनेपछि स्थानीयले आवातजावत गर्न सहज भएको थियो । तुइन असुरक्षित हुने भएपछि सोही ठाउँमा फड्के राखिएको थियो । तातोपानी नाका अवरुद्ध हुँदा दसैँका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भू–भागमा अलपत्र परेको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताउनुभयो । —
ह्युमपाइपले जोडियो तातोपानी नाका
Posted By: दीक्षण दैनिक २२ आश्विन २०८१, मंगलवार ११:५६
२ कार्तिक २०८१, शुक्रबार १४:४५
खुर्कोटमा बेली बृज निर्माण सम्पन्न
२ कार्तिक २०८१, शुक्रबार १४:३१
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने
२ कार्तिक २०८१, शुक्रबार १४:३६
च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि
२ कार्तिक २०८१, शुक्रबार १४:४९
मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति
२ कार्तिक २०८१, शुक्रबार १५:१५
चालु आर्थिक बर्ष जिरीमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य
२ कार्तिक २०८१, शुक्रबार १५:०७
दोलखामा ट्राफिक कार्यालयको सकृयता बढ्यो
२ कार्तिक २०८१, शुक्रबार १४:५४
भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने
१ कार्तिक २०८१, बिहीबार २०:४१
मन्थलीका होटल भरिभराउ
२ कार्तिक २०८१, शुक्रबार १५:२८
सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने
२ कार्तिक २०८१, शुक्रबार १५:३३
लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती
२ कार्तिक २०८१, शुक्रबार १५:३८
टि–२०ः नेपालद्वारा अमेरिका पराजित
२ कार्तिक २०८१, शुक्रबार १५:४५
देशभरको तापक्रम क्रमशः घट्दो
२ कार्तिक २०८१, शुक्रबार १५:३५
Be the first to comment on "ह्युमपाइपले जोडियो तातोपानी नाका"