होस्टेलको पाँच तलाबाट हाम फालेकी विद्यार्थीको उपचारका क्रममा मृत्यु

चरिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको होस्टेलको पाँच तलामाथिबाट हाम फालेकी एक विद्यार्थीको मृत्यु भएको छ । बिहिबार होस्टलको पाँच तलामाथिबाट हाम फालेकी पोखरा घर भएकी सोही कलेजमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीको उपचारको क्रममा बिहिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पाँच तलाबाट हाम फाली गम्भिर घाइते भएकी उनको च्छोरोल्पा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि भक्तपुरस्थित मध्यपुर थिमी अस्पतालमा रिफर गरिएको थियो । अधिकारीको भक्तपुरमा उपचारको क्रममा बिहिबार राती नै मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।

Shares

Be the first to comment on "होस्टेलको पाँच तलाबाट हाम फालेकी विद्यार्थीको उपचारका क्रममा मृत्यु"

Leave a comment

Your email address will not be published.


*