होल्डीङ सेन्टर दोलखाको लागि सामाग्री हस्तान्तरण

चरिकोट (दीस) –दोलखामा बिदेशबाट आएर होल्डीङ सेन्टरमा बस्ने दोलखालीको लागि १लाख २१ हजार  ७ सय ५७ रुपैँया बराबरको सामाग्रीको हस्तान्तरण गरिएको छ । क्रिश्चियन एड्को आर्थिक सहयोग तथा ग्रामीण उद्यम विकास केन्द्र (आर. ई. डी .सी ) समन्वयमा सो सेन्टरको लागि २० थान बेड सेट, २५० थान मास्क, १० वटा सेनिटाइजर हस्तान्तरण गरिएको हो ।

आज केन्द्रका अध्यक्ष जगदिश शिवाकोटीले जिल्ला प्रशासन कार्यालय दोलखामा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे तथा दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मालाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले सामाग्री हस्तान्तरणले होल्डीङ सेन्टरमा बस्ने नागरिकको लागि सहज भएको बताए । सिमपानीमा रहेको जिल्ला समन्वय समिति दोलखाको हलमा २० बेडको होल्डीङ सेन्टरको निर्माण गरिएको छ ।

Shares

Be the first to comment on "होल्डीङ सेन्टर दोलखाको लागि सामाग्री हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*