होली धमाकामा झुम्यो चरिकोट (फोटो फिचर सहित)

चरिकोट–नेपालीहरुको महान चाड होलीमा चरिकोट खचाखच देखिन्थ्यो । बिहानै देखि सबैजना होलीको तयारीमा देखिन्थे । चरिकोटको बीचबजारमा एक हुल युवालाई पनि त्यहि अवस्थामा देखिए । सांगितिक होली कार्यक्रमको तयारीमा लागेका सरल नेपाल नामक गैर सरकारी संस्थाका युवाहरुले सौहार्दपुर्ण बाताबरणमा होली पर्ब मनाएका छन् ।

चरिकोटको बिचबजारमा सरल नेपाल नामक संस्थाले उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम मदिरा र पानी रहित थियो । सरल नेपाल दोलखाका अध्यक्ष सौगात थापाले यो कार्यक्रमले सबै युवाहरुलाई एकिकृत गरी सभ्य तरिकाले होली मनाउन खोजेको प्रतिक्रिया दिए । उक्त कार्यक्रममा स्थानीय ब्याण्डको प्रदर्शनी रहेको थियो । डेभिड एण्ड द ट्रुप र सिसा रकर्स ब्याण्डले प्रस्तुति गरेका थिए । त्रिपुरा स्काउट ट्रुपले नृत्यका साथै संगीत प्रदशन गरेको थियो ।

स्थानीयहरुको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो । विशेषगरी युवाहरुलाई लक्षित गरी सभ्य होली मनाउने र स्थानीय सांगितिक प्रतिभालाई प्रोत्साहन गर्ने कार्यक्रमको उद्देश्य रहेको थापाले बताए ।

हेर्नुहोस कार्यक्रमका फोटोहरु

तस्वीर सौजन्यः सरल नेपाल (सुमन कार्की र क्लिक चरिकोट)

Shares

Be the first to comment on "होली धमाकामा झुम्यो चरिकोट (फोटो फिचर सहित)"

Leave a comment

Your email address will not be published.


*