होलीमा मोटरसाइकल ढिलो गुडाउने प्रतियोगिता (तस्बिरसहित)

SAMSUNG CSC

ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ३
दोलखाको सदरमुकाम चरीकोटमा बिहीबार मोटरसाइकल ढिला गुडाउने प्रतियोगिता (दोस्रो) सम्पन्न भएको छ । ट्राफिक सचेतनासहित मनोरञ्जन प्रदान गर्ने उद्धेश्य अनुरुप सरल नेपालले होलीको अवसरमा चरीकोट बीच बजारमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ३७ जना चालकले माेटरसाइल गुडाएकाेमा  सबैलाई पराजित गर्दै उज्वल श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले नगद १५ हजार रुपैयाँ सहित ट्रफी पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी उपविजेता सुरेश घतानी, तृतीय कृष्ण बस्नेत र सान्त्वना जेम्स शेर्पा हुनुभएको छ । उहाँहरुलाई क्रमशः दश हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार वितरण गरिएको छ । यसअघि २०७५ को होलीमा यस्तै प्रतियोगिता आयोजना गरिएको थियो । त्यसको निरन्तरता दिन खोजिएपनि दुई वर्ष कोरोनाको कारण सम्भव भएन । तर अहिले कोरोना घटेपछि होलीलाई थप रोचक र रमाइलो बनाउन दोस्रो पटक प्रतियोगिता आयोजना गरिएको सरल नेपालका अध्यक्ष सौगात थापाले बताउनुभयो । होलीमा रंग दल्ने र नाचगान गर्ने प्रचलन रहीआएको छ । तर आफूहरुले प्रतियोगिता आयोजना गर्नुका साथै सांस्कृतिक कार्यक्रम समेत गरी होली मनाउन सुरुवात गरेको उहाँले बताउनुभयो ।

विजेता

उपविजेता

तृतीय 

Shares

Be the first to comment on "होलीमा मोटरसाइकल ढिलो गुडाउने प्रतियोगिता (तस्बिरसहित)"

Leave a comment

Your email address will not be published.


*