होम आइसोलेसनमा बसेका संक्रमितलाई शैलुङ गाउँपालिकाले पाेषण भत्ता दिने

इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २४
विश्वभर फैलिएको नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना महामारीले छिमेकी राष्ट्र भारतमा भयावह स्थित पैदा गराएको छ । यसले नेपालका केही जिल्लामा पनि भयावह रुप लिएको छ । दोलखा जिल्लामा पनि संक्रमितको संख्या उकालो लागिरहेको छ । तर स्वास्थ्य कार्यालय दोलखाको बिहीबार सम्मको तथ्याङ्कअनुसार जिल्लामा ८९ जना व्यक्तिहरु कोरोनाबाट प्रभावित भएका छन् । ति मध्ये ७ जना अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचाररत छन् । बाँकी ८२ जना संक्रमितहरुमा कोरोना रिपोर्ट पाेजेटिभ आएता पनि उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । लक्षणवीहिन संक्रमित होम आइसोलेसनमा सुरक्षित भएर बसीरहेका छन् । संक्रमित व्यक्ति होम आइसोलेसनमा बस्दा अन्य स्वास्थ्य सावधानी तथा सतर्कताका साथै शक्तीबद्र्धक तथा रोगप्रतिरोधात्मक आहाराविहारमा ध्यान पुर्याउनुपर्ने हुन्छ । तर कतिपय संक्रमितले भने रकम अभावका कारण सन्तुलित भोजनबाट वञ्चित हुनुपर्ने अवस्था पनि आएको छ । यही कुरालाई मध्यनजर गर्दै दोलखाको शैलुङ गाउँपालिकाले १४ दिन अवधीभर होम आइसोलेसनमा बसेका कोराना प्रभावितलाई प्रतिदिन ५ सय रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा र जनप्रतिनिधीहरुको छलफलले पालिकाका व्यक्तिहरु कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेको खण्डमा पाेषण भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले सँक्रमणबाट जाेगिन सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । तर यसाे गर्दागर्दै पनि काेराेना सँक्रमण काेहीकसैलाइ भएमा संक्रमित व्यक्तिले आफु संक्रमित भई होम आइसोलेसनमा बसेको प्रमाण पालिकामा पेश गरेपछि १४ दिन अवधी भरको प्रतिव्यक्तिलाई एकमुष्ठमा ७ हजार पाेषण भत्ता उपलब्ध गराइने बताए । उनले विपतीमा पनि स्थानीय सरकार साथमै रहेको नागरिकमा महशुस गराउन यस्तो निर्णय गरिएको जानकारी दिए । साथै घरमा÷होम क्वारेन्टाइनमा बस्न सकस हुने अवस्था भएमा नजिकैको विद्यालय, सामुदायिक भवन, वडा कार्यालय, गाउँपालिकाका खाली कोठाहरु, स्वास्थ्य चौकीहरु, खाली घरहरू, शैलुङ गाउँपालिकाको कोल्ड स्टोर भवन, रस्टिक स्टोर भवनहरु लगायतका घरहरूमा सुरक्षित भएर कोरोना संक्रमितहरु बस्न सकिने समेत उनले बताएका छन् । उनले भने–यो विपतीको सामना हामी सबै मिलेर गर्नूपर्छ । यसमा जनताको साथ भरिपूर्ण हुनुपर्दछ । साथै जनताको साथी हामी छौँ । गाउँपालिका छ । गाउँपालिकाले संक्रमित व्यक्तिलाइ जटिल समस्या अाएमा तुरुन्त अस्पतालसम्म पुर्याउन समन्वय गर्ने जनाएकाे छ । कोभिडको संक्रमण भएको रिपोर्ट पेस गरेपछि एम्बुलेन्स दर रेट अनुसारको एक तर्फि अस्पतालसम्म जाने भाडा शैलुङ गाउँपालिकाले फिर्ता दिने जनाएको छ ।

Shares

Be the first to comment on "होम आइसोलेसनमा बसेका संक्रमितलाई शैलुङ गाउँपालिकाले पाेषण भत्ता दिने"

Leave a comment

Your email address will not be published.


*