होटल तथा पर्यटन व्यवसायी संघ दोलखामा नयाँ नेतृत्व

चरिकोट(दीस) ः दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघमा नयाँँ नेतृत्व चयन गरिएको छ । बुधबार भएको दोस्रो अधिवेशनले कुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको सर्वसम्मतिले नयाँ नेतृत्व चयन गरिएको हो ।
समितिका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष टिका बहादुर तामाङ, उपाध्यक्षमा विनोद जिरेल , महासचिबमा रविना थापा खड्का , सचिब विनु श्रेष्ठ, कोषाध्यक्षमा सागर प्रधान ,सहसचिब रामहरी शिवाकोटी तथा सहकोषध्यक्षमा महेन्द्र नारायण श्रेष्ठ चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा अर्जुन तिमल्सीना र गम्भीर श्रेष्ठ चयन हुनु भएको छ । तीन जना सदस्यमा भनेपछि मनोनित गरिने संघले जनाएको छ । संघको साधारणसभा उद्घाटन कार्यक्रम संघका निर्वतमान अध्यक्ष तेज बहादुर थापाको अध्यक्षतमा र भीमेश्वर नगपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन सत्रको कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर , एमालेका उपसचिब हरी ओली , होटल एशोसियन महाँसँघका कोषाध्यक्ष श्रीकृष्ण श्रेष्ठ , वागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल , भीमेश्वर नगरपालिका वडा नंम्बर २ का अध्यक्ष स्टालिन श्रेष्ठ, चेम्बर अफ कर्मशका दोलखाका महासचिब पाँडबसिह पाण्डे लगायतले आफ्नो शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "होटल तथा पर्यटन व्यवसायी संघ दोलखामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*