हेलि एभरेष्टका तीन जना डाइरेक्टरले गरे सगरमाथा आरोहण

काठमाडौं । हेलि एभरेष्टका तीन जना डाइरेक्टरहरुले सगरमाथा आरोहण गरेका छन् । मार्केटिङ डाइरेक्टर टसि लाक्पा शेर्पा,अप्रेशन डाइरेक्टर एवम पाइलट कृष्ण प्रसाद गौचन(सोवित) र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले मे ११(बैंशाख १८) विहान ७ बजे ८ हजार ८ सय ४८.८६ मिटरमा पाइला राखेका हुन् । हेलि एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फुर्वा)ले विज्ञप्ती जारी तीन जना डाइरेक्टरहरुले एक साथ सगरमाथा हिमालको सफल आरोहण गरेकोमा खुसी व्यक्त गरेका छन् । हिमाल आरोहणले हेलिकप्टर परिवार धेरै खुसी भएको र उनिहरुको उज्वल भविष्यको कामना समेत गरेका छन् । आरोहणमा सहभागी मध्यका टसि लाक्पाले विश्वभर रहेका ८ हजार भन्दा माथिका सबै हिमालहरु तीन जना दाजुभाईहरुले एक साथ आरोहण गरी गिनिज बुकमा नाम लेखाइसकेका छन् । यस्तै सोवित पहिलो पाइलट आरोही बनेका छन् । यस्तै फुर्वा छिरिङ युवा पर्यटन व्यवसायी हुन् ।

Shares

Be the first to comment on "हेलि एभरेष्टका तीन जना डाइरेक्टरले गरे सगरमाथा आरोहण"

Leave a comment

Your email address will not be published.


*