हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकोप्टर खराब मौसमका कारण दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले आकस्मिक पत्रकार सम्मेलन गरेर खराब मौसमका कारण दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा ७ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । प्रवक्ता सुवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी र उनका अंगरक्षक अर्जुन घिमिरेको शव पहिचान भइसकेको छ । ‘‘मन्त्रीज्यूको शव पहिचान भएको छ । उहाँको शरीरको केही भाग जलेको छ,’’ प्रवक्ता सुवेदीले भने ।

गृह मन्त्रालयका अनुसार घटनास्थलतर्फ नेपाली सेना, एयर डाइनेष्टि र स्रिमीकको हेलिकोप्टर गएको छ । खराब मौसमका कारण एयर डाइनेष्टि र स्रिमीकको हेलिकोप्टर अवतरण हुन सकेको छैन । सुवेदीका अनुसार नेपाली सेनाको हेलिकोप्टर अवतरण गरेको स्थानसम्म शव ल्याइपु्र्याउन कम्तीमा डेढ घण्टा लाग्छ ।

पाइलट प्रभाकर केसीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकोप्टर सवा १ बजेदेखि सम्र्पकविहीन भएको थियो । फुङलिङ नगरपालिका वडा नम्बर १० को सिस्नेभीरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको स्थानीयले बताएका छन् ।

Shares

Be the first to comment on "हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*