हेमन्त स्मृति भलिवल प्रतियोगिताको उपाधि चितवनलाई

चरिकोट(दीस)ः दोलखाको जिरीमा सम्पन्न ‘हेमन्त स्मृति भलिबल प्रतियोगिता’को उपाधि चितवनले जितेको छ । आइतवार सम्पन्न फाइनल खेलमा रामेछाप पराजित गर्दै चितवनले उपाधि जितेको हो । प्रतियोगितामा द्वितीय स्थान रामेछाप तथा तृतीय स्थान सिन्धुलीले प्राप्त गरेको थियो । प्रतियोगितामा विजेता टिमहरुलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बागमती स्तरीय सो भलिबल प्रतियोगिता पुष २६ गते सुरु भएको थियो । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नम्बर एकको आयोजनामा भएको सो प्रतियोगिता स्वर्गीय हेमन्त प्रधानको स्मृतिमा संञ्चालन गरिएको हो । तत्कालिन समयमा तरुण दलका नेता हेमन्त प्रधानको द्वन्द्वकालमा माओवादीको आक्रमणबाट मारिएका थिए ।

Shares

Be the first to comment on "हेमन्त स्मृति भलिवल प्रतियोगिताको उपाधि चितवनलाई"

Leave a comment

Your email address will not be published.


*