हेटौंडामा हुने प्रथम प्रदेश युवा सम्मेलनमा दोलखाबाट ७ जना युवाहरु छनौट

राजकुमार भुजेल (निर), दोलखा । मकवानपुरको हेटौंडामा हुने बागमती प्रदेशको प्रथम युवा सम्मेलन २०८० मा दोलखाबाट ७ जना युवाहरु छनौट भएका छन्। बागमती प्रदेश युवा परिषद्ले आउदो असार ११ र १२ गते गर्न लागेको प्रदेश युवा सम्मेलनमा ७ जना युवाहरु छनौट भएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठ ले दीक्षण राष्ट्रिय दैनिक लाई जानकारी दिनुभयो। उहाँको अनुसार डेनिसा चौलागाईं,पम्फी भुजेल ,प्रल्हाद खड्का, कुमार श्रेष्ठ , कमल थापा मगर,मनोज भण्डारी र उमा कुमारी भण्डारी छनौट भएका हुन् । दीक्षण राष्ट्रिय दैनिक सँग कुराकानी गर्दै राष्ट्र र समाज प्रतिको उत्तरदायित्व,नव प्रवर्तनको पहल,उद्यमशीलता प्रवर्द्धन र बलियो व्यक्तिगत विकास गर्ने उद्देश्यले सम्पन्न गर्न लागेको बताउनुभयो। सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशीताको आधारमा युवाको सहभागिता रहने छ । दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ। सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोंचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन् सम्मेलनमा १५० युवाको सहभागिता रहनेछ । सम्मेलनमा सहभागी हुन २० देखि ३५ वर्ष उमेर समूह तोकिएको छ ।

Shares

Be the first to comment on "हेटौंडामा हुने प्रथम प्रदेश युवा सम्मेलनमा दोलखाबाट ७ जना युवाहरु छनौट"

Leave a comment

Your email address will not be published.


*