हिमाली क्षेत्रको सुन्तला मिठो

बाबुराम शर्मा /चरिकोट –सुन्तला खेतीका लागि दोलखाको हावापानी उपयुक्त भए पनि यातायात तथा बजारको उचित प्रबन्ध हुन नसक्दा किसानले अपेक्षित लाभ उठाउन सकेका छैनन् । खासगरी हिमालको चिसो हावा लाग्ने ठाउँका सुन्तला अन्यत्रका भन्दा बढी मीठो र गुणस्तरयुक्त हुने गरेको यस सम्बन्धीका जानकारहरू बताउँछन् ।उनीहरूका अनुसार हिमालमा ठोक्किएर फर्किएको हावा बढी चिसो हुने भएकाले सुन्तला खेतीका लागि दोलखा निकै उपयुक्त स्थलका रुपमा देखिएको छ । कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय दोलखाका नन्दराज ओली जिल्लामा हिमालको हावा आउने स्थानमा उत्पादित सुन्तला बढी रसिलो र स्वादिलो हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार यस जिल्लामा समुद्र सतहबाट नौ सय मिटरदेखि एक हजार तीन सय मिटरसम्मको उचाइमा सुन्तला खेतीका लागि उपयुक्त हावापानी पाइन्छ । यो दुरीमध्ये एक हजार दुई सय मिटरदेखि एक हजार तीन सय मिटरको उचाइमा हिमालबाट ठोक्किएर आएको हावा पाइन्छ । कार्यालयको तथ्याङक अनुसार यहाँ पाँच सय हेक्टरमा सुन्तला खेती गरी किसानले आम्दानी लिइरहेका छन् । सरदर हजार मेट्रिकटन सुन्तला उत्पादन भइरहेको छ । पकेट क्षेत्रको रुपमा सुनखानी र पवटीका करिब ५२ घरपरिवाले सुन्तला खेती गरेका छन् । फलपूmलको राजा मानिने सुन्तला त्यसमा पनि हिमालमा ठोक्किएर फर्किएको हावा लाग्ने ठाउँमा उत्पादित सुन्तलाको माग अत्यधिक हुने गरेको बताइन्छ । यस किसिमको हावा लाग्ने स्थानमा उत्पादन हुने सुन्तला बिक्री गर्न कुनै कठिनाइ नहुने तर अन्यत्र उत्पादित सुन्तला बिक्री गर्न उपभोक्तासँग निकै विवाद गर्नुपर्ने सुन्तला बिके्रताहरुको अनुभव रहेको छ ।यस्ता स्थानमा उत्पादित सुन्तलाहरु बिक्री गर्दा सन्तोषजनक आम्दानी हुन्छ तर अन्यत्र उत्पादित भएको सुन्तला बिक्री गर्न दलालीकै मूल्यमा दिनुपर्ने बाध्यता रहेको व्यवसायी ताराबहादुर बस्नेतले गुनासो गर्नु भयो ।

Shares

Be the first to comment on "हिमाली क्षेत्रको सुन्तला मिठो"

Leave a comment

Your email address will not be published.


*