हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न

बाबुराम शर्मा ÷चरिकोट (लुथ्रन वल्र्ड फेडेरेसनको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय दोलखा र हुराडेक नेपालको संयुक्त आयोनामा भएको एक दिवसीय बालबालिका तथा महिला हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकहरुको सहभागितामा कालिञ्चोक गाउँपालिका(८ कालिनाग माध्यमिक विद्यालयमा भएको सो कार्यक्रममा हुराडेक नेपालका कार्यकारी निर्देशक सुन्दर लामिछानेले बालअधिकार र संरक्षणका बारेमा जानकारी गराउनु भएको थियो । बालबालिकालाई आज दिएको संरक्षणले भोलि हाम्रो संरक्षण हुन सक्ने जानकारी दिँदै निर्देशक लामिछानेले विद्यार्थी समाजका संवाहक भएकाले छर छिमेकमा बालबालिका तथा महिला हिंसाविरुद्धको सचेतनामूलक सन्देश पु¥याउन आग्रह गर्नु भयो । त्यसै गरी जिल्ला प्रहरी कार्यालयकी वरिष्ठ नायब निरीक्षक दाक्षेकी शेर्पाले यौनजन्य हिंसा तथा यौन दुव्र्यवहारका बारेमा जानकाररी गराउनु भएको थियो । उहाँले यौन दुव्र्यवहारलाई सघाउने सामाजिक सञ्जालका बारे स्पष्ट पार्दै भन्नु भयो,“ सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेमा विद्युतीय कारोबार ऐनले एक लाख रुपियाँ जरिवाना र पाँच वर्ष कैद सजाय हुनेछ । अहिले प्रचलित रहेको सामाजिक सञ्जालका हनिट्रयापलगायतबाट बच्न आग्रह गर्दछु । ” यौनजन्य हिंसाबारे थप जिज्ञासा राखी सहभागी विद्यार्थीहरुले कानुनी प्रावधान र दण्ड सजाय सम्बन्धमा जानकारी लिएका थिए । त्यस्तै न्यायिक समिति संयोजक एवम कालिञ्चोक गाउाँलिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले सबैका हात हातमा भएका मोवाइल चलाउँदा विद्यार्थीले पढाइ सम्बन्धी, अभिभावकले बालबालिका संरक्षण तथा घरव्यवहारसम्बन्धी र शिक्षकले शिक्षणलाई सघाउने ज्ञान मात्र प्राप्त गर्न आग्रह गर्नु भयो ।

Shares

Be the first to comment on "हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*