हातहतियार बुझाउन प्रशासन कार्यालयको अनुरोध

चरिकोट, असोज १४

निर्वाचन अवधिभरका लागि इजाजत प्राप्त हातहतियार प्रहरीलाई बुझाउन अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आगामी संसदीय निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपुर्ण बनाउन हातहतियार बुझाउन अनुरोध गरेको हो । निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा चुनौती खडा हुने भएकोले इजाजत प्राप्त हातहतियार कार्तिक ५ गतेसम्म बुझाउन सूचना मार्फत सम्बन्धित व्यक्तिलाई कार्यालयले अनुरोध गरेको हो । इजाजत लिएर हातहतियार राखेका व्यक्तिले पायक पर्ने प्रहरी चौकीमा पुगी निर्वाचन सम्पन्न नभइन्जेल सम्मका लागि हतियार बुझाउनु पर्ने छ । संकलन भएका हातहतियारको लगतसहित सुरक्षित राखिने र निवार्चन पछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने सूचनामा उल्लेख छ । भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्ला भित्र ईजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको हो । व्यक्तिले इजाजत प्राप्त गरेपछि हातहतियार राख्न पाउने व्यवस्था छ । तर ति हातहतियार निर्वाचनको बेला दुरुपयोग हुने सम्भावित जोखिमलाई मध्यनजर गरी हातहतियार बुझाउन आग्रह गरिएको कार्यालयका सूचना अधिकारी औलाख बहादुर आलेले बताउनुभयो ।

Shares

Be the first to comment on "हातहतियार बुझाउन प्रशासन कार्यालयको अनुरोध"

Leave a comment

Your email address will not be published.


*