हरि गाैतमकाे “टुहुरो बस्ती” प्रकाशित

काठमाण्डाै/ हामी र हाम्रो कृति समूहको आठौं कृतिको रूपमा समूहका सदस्य हरि प्रसाद गौतमकाे “टुहुरो बस्ती” मुक्तक सङ्ग्रह प्रकाशित भएकाे छ । उक्त सङ्ग्रहकाे विमाेचन बरिष्ठ साहित्यकार डा. नवराज लम्सालले गर्नु भएकाे थियाे ।

हामी र हाम्रो कृति समूहका उपाध्यक्ष नम्रता उप्रेतीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार एवम् प्रेस काउन्सिल नेपालका बाेर्ड सदस्य ठाकुर बेलबासेले “टुहुरो बस्ती” मुक्तक सङ्ग्रहकाे समिक्षागर्नु भएकाे थियाे ।

कार्यक्रममा बरिष्ठ साहित्यकार डा. नवराज लम्साल, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा, पत्रकार एवं साहित्यकार भोजराज न्यौपाने, हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन प्रसाद नेपाल, महासचिव बद्री उप्रेती, साहित्यकार भुवन सिवाकोटी चौघरे, उषा के. सी, नम्रता उप्रेती, मदन प्रसाद नेपाल, मन्जु गौतम लगायतले कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना दिनु भएकाे थियो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष, संयोजक, महासचिव, सचिव र साहित्यानुरागी लगायत ६५ जनाको उपस्थिति रहेको थियाे । कार्यक्रममा उपस्थित हुनुभएका सर्जकहरु नम्रता उप्रेती, भुवन सिवाकोटी चौघरे, विष्णु थापा, नवशिला ‘नवराज पोखरेल’, पुर्ण बहादुर श्रेष्ठ, सुरेश वैद्य, बद्री उप्रेती, मानन्धर अभागी, सुशील रिजाल, कृष्ण प्रसाद पौडेल, दुर्गा प्रसाद भमरकोटे, संगिता सारथी, मिरा गजुरेल, मिसन अधिकारी, हरि गौतम, कल्पना दहाल, उषा के. सी. ममता मृदुल, सुचिता काफ्ले, मदन प्रसाद नेपाल, कुमार नेपाल, दिव्य गिरी, राजेन्द्र कुमार बज्राचार्य, र लब खड्काले उक्त विमोचित कृतिबाट र आफ्ना रचना वाचन गर्नु भएको थियो ।

Shares

Be the first to comment on "हरि गाैतमकाे “टुहुरो बस्ती” प्रकाशित"

Leave a comment

Your email address will not be published.


*