हराएको मोटरसाइकल फेला पारी बुझाइयो

दीक्षण समाचार
चरिकोट, भदौ १९
जिल्ला प्रहरी कार्यालय दोलखाले हराएको मोटरसाइकल फेला पारी आइतबार सम्बन्धित सवारी धनीलाई बुझाएको छ । भीमेश्वर नगरपालिका वडा नं. ६ स्थित सिमपानीका दिलबहादुर गुभाजुको घरबाटै हराएको ६१ प ७९५९ नम्बर निलो कलरको पल्सर मोटरसाइकल खोजतलासको क्रममा फेला पारी बुझाइएको हो ।

गुभाजुले घर अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल हराएको भनी कार्यालयमा निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा प्रहरी द्धारा मोटरसाइकल खोजतलास जारी राखिएको थियो । सोही क्रममा भदौ १३ गते वडा नं. ९ खरीढुङ्गा स्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा मोटरसाइकल फेला पारेको थियो । उक्त मोटरसाइकल गुभाजुको रहेको पुष्टि भएपछि उहाँलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनु भयो ।
हराएको मोटरसाइकल फेला पारी जिम्मा दिएपछि सवारी धनी गुभाजुले खुशी हुँदै प्रहरीको प्रशंसा गर्नु भएको छ । प्रहरी निरीक्षक सिग्देलले आफ्नो सवारी साधन हराउन वा चोरी हुनबाट जोगाउन सवारी धनी सधैँ सजग र सतर्क हुन आवश्यक रहेको बताउनु भयो ।

Shares

Be the first to comment on "हराएको मोटरसाइकल फेला पारी बुझाइयो"

Leave a comment

Your email address will not be published.


*