हराएका बालक खोज्दा चोर भेटिएपछि…

चरिकोट, २० मंसिर ।
बालगृहबाट हराएका बालकहरु खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मंगलबारदेखि बालगृहबाट २ बालकहरु हराएको खबर आउँने वित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाप्रहरीले मातहातका युनिटका प्रहरी परिचालन गरेर खोजी ग¥यो । बालकहरु विहीबार बस चढेरको अवस्थामा प्रहरीले फेला पा¥यो ।
बालकहरुलाई जिल्ला प्रहरी कार्यालय पु¥याएर सोधपुछ सुरु गरेको १० मिनेट नपुग्दै भीमेश्वर नगरपालिका वडा नं. ६ सिमपानीबाट रंजितकुमार पाठक आफ्ना चोरीको सामान खोजिदिन निवेदन लिएर आए । संयोगबस पाठकले प्रहरीलाई खोजिदिन गरेको निवेदनमा उल्लेखीत सामान र ति बालकहरुले बोकेका सामान मिल्दोजुल्दो देखियो ।
प्रहरीले थप सामान खोजी गर्न बालकहरु माथि नै अनुसन्धान गर्न बालगृह पु¥यायो । बालगृहमा उनीहरुले लुकाएर राखेका पाठककै सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए । बाँकी सामान प्रहरीले सोधपुछ गर्दै जाँदा सिमपानीकै जंगलमा लुकाएर राखिएको अवस्थामा भेटियो । पाठकले निवेदन माग गरेका एउटा क्यामेरा बाहेकका सबै सामान ति नै बालकहरुबाट फेला पारेको प्रहरी निरीक्षक काफ्लेले जानकारी दिए ।
बुधबार पाठकको सिमपानीमा रहेको कटेजबाट सामानहरु चोरी भएका थिए । सामान चोरी भएको थाहा पाए लगत्तै प्रहरीमा उजुरी दिएका थिए । तर प्रहरीले चोर पत्ता लगाउन सकेको थिए । यो घटनापछि  बालबालिका चोरीका घटनामा संलग्न भएको भएको पाईएको छ ।
अहिले प्ररहीले ति बालकहरु चोरीका घटनामा संलग्न रहेको अभियोगमा थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ । पछिल्लो समयमा चरिकोट बजारमा भएको अधिकांश चोरीका घटनामा बालकहरुको संलग्नता पाईएका बेला गौरीशंकर बालगृहका बालकहरु समेत चोरीमा संलग्न देखिएका हुन् ।
प्रहरी कार्यालयमा हिजै भिनपा ६ सिमपानी नजिकै घरमा कोही नभएको मौका पारी कटेरो फोडेर क्यामेरा, चाँदीको गरगहना लगाएतका सामान चोरी भएको उजुरी परेको थियो । चोरी भएको सामान र गौरीशंकर बालगृहबाट वेपत्ता भएका ती बालकहरुले बोकेको सामान मिल्दोजुल्दो देखिएपछि अनुसन्धानका क्रममा बालकहरुले नै चोरी गरेको तथ्य खुलेको थियो । ११ वर्ष उमेर समुहका दुवै बालक कक्षा २ मा अध्ययनरत रहेको प्रहरी निरिक्षक काफ्लेले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका दुवै बालकलाई मुद्धा चलाउन नमिल्ने हुँदा बालगृहको जिम्मा लगाएको छ ।
दोलखा प्रहरीले केही दिन अघि मात्रै चोरीमा संलग्न चार बालकलाई नियन्त्रणमा लिएको थियो । यही मंसिर १६ गते भीमेश्वर नगरपालिका ६ चरिकोटमा एकै दिन ७ स्थानमा चोरी भएपछि प्रहरीले अनुशन्धानको क्रममा चोरीमा संलग्न ४ बालकलाई पक्राउ गरेको थियो । पक्राउ परेकका बालकहरुलाई प्रहरीले अभिभावको जिम्मा लगाएको छ । कम उमेर समुहका बालकहरु चोरीका घटनामा संलग्न भएपनि उनीहरुलाई मुद्धा लगाएर कानूनी कारवाही गर्ने व्यवस्था नभएका कारण प्रहरीले अभिभावकको जिम्मा लगाउने गरेको छ ।

Shares

Be the first to comment on "हराएका बालक खोज्दा चोर भेटिएपछि…"

Leave a comment

Your email address will not be published.


*