स्व. रुपा श्रेष्ठको नामबाट एक लाख रुपियाँ राशिको रुपा चिकित्सा सेवा अवार्ड स्थापना

बाबुराम शर्मा (चरिकोट)– भीमेश्वर नगरपालिका–२ऐतिहासिक सहर दोलखा निवासी ईन्जिनियर आत्मकृष्णा श्रेष्ठले धर्मपत्नी स्व. रुपा श्रेष्ठको नामबाट एक लाख रुपियाँ राशिको रुपा चिकित्सा सेवा अवार्ड स्थापना गर्नु भएको छ । रुपा फाउण्डेसन र नेपाल चिकित्सक संघको संयुक्त पहलमा रुपा चिकित्सा सेवा अवार्ड–२०७९ स्थापना गरिएको फौन्डेसनका संयोजक समेत रहनु भएका श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार संघ र फौन्डेसनबी भएको सम्झौता अनुसार चिकित्सकीय पेशामा समर्पित भई अतुलनीय योगदान पु¥याउनुका साथै विज्ञान र औषधिमा अनुसन्धान समेत गरेको एक जना चिकित्सकलाई एक लाख रुपियाँ नगद धनराशीसहित दोसल्ला र प्रमाण पत्रले पुरस्कृत गरिने छ । नौ सदस्यीय पुरस्कार छनौट समितिले वैज्ञानिक विधिबाट छनौट प्रक्रिया पूरा गरेर पुरस्कारका लागि योग्य व्यक्तिको छनौट गर्ने छ । यो अवार्ड हरेक वर्ष एक जनालाई प्रदान गरिने छ । भीमेश्वर नगरपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौँं बस्नु हुने समाजसेवी श्रेष्ठकी धर्मपत्नी स्व.रुपा श्रेष्ठको नाममा स्थापित फाउन्डेस विभिन्न सामाजिक सेवाका काममा सक्रिय रहिआएको छ । पुरस्कार करिब १७ हजार सदस्य आवद्ध नेपाल चिकित्सक संघको स्थापना दविसको अवसर पारेर हरेक वर्षको फागुन २० गते प्रदान गरिने छ । रुपा श्रेष्ठको स्वर्गारोहण भएको दिन फागुन १० गते अवार्ड घोषणा गरिने छ । २०७८ साल फागुन १० गते रुपा श्रेष्ठको निधन भएको थियो ।

Shares

Be the first to comment on "स्व. रुपा श्रेष्ठको नामबाट एक लाख रुपियाँ राशिको रुपा चिकित्सा सेवा अवार्ड स्थापना"

Leave a comment

Your email address will not be published.


*