स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई

चरिकोट (दीस) ः स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिता २०८१ को उपाधि शहीद आवासीय मावि जिरीले जितेको छ। सोमबार भएको फाइनल खेलमा जिरीको टिमले चरिकोटमा रहेको अल्पाइन पब्लिक स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

तृतीय स्थानका लागि भएको खेलमा जेम एकेडेमी जिरीले द राइजिङ स्टार मावि चरिकोटलाई ३–२ गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल ग¥यो। नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाका अनुसार, विजेता टिमहरूले नगद पुरस्कार, शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गरे। प्रथम, द्वितीय, तृतीय, र सान्त्वना स्थान हासिल गर्ने टिमहरूले क्रमशः ५० हजार, ३० हजार, २० हजार, र १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
विजेता टिमलाई नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता ७ दिनसम्म चलेको थियो र यसमा १७ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए।

Shares

Be the first to comment on "स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई"

Leave a comment

Your email address will not be published.


*