स्व. नेता पशुपति चौलागाईँको स्मृतिमा पुस्तक प्रकाशन गरिने

दीक्षण समाचार
चरिकोट, साउन ४
निर्वाचनको समीक्षा र पार्टी शुद्धिकरण तथा सुदृढिकरणको योजना निर्माण गर्दै नेकपा एमाले दोलखाको बैठक सम्पन्न भएको छ । सोमबार र मंगलबार दुई दिन चलेको पाँच औँ पूर्ण बैठकले स्व. नेता पशुपति चौलागाईँको स्मृतिमा पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ । स्व. नेता चौलागाईँको राजनीतिक जीवनी र उहाँको सम्पूर्ण वृत्तान्त सहितको पुस्तक प्रकाशन गर्न प्रचार प्रसार विभागलाई जिम्मेवारी दिइएको छ । बैशाख ३० सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको अन्तरघात अध्ययन तथा छानविनका लागि कार्यदल गठन गरेको छ  । त्यसैगरी कार्यकर्ता कल्याण कोष स्थापना कार्यदल गठन गरेको छ । बैठकमा साउन १४ गते जिल्ला पालिका तथा वडा कमिटीको प्रशिक्षण गर्ने, भाद्र १४ सम्म पार्टी सदस्यता नवीकरण गर्ने लगायतका निर्णय गरिएको पार्टी उपसचिव धर्मेन्द्र मोक्तानले जानकारी दिनुभयो । बैठकमा संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने, जनसङ्गठनहरूको सम्मेलन, गठन, पुनर्गठन बैठक तथा सदस्यता विस्तार लगायतका कार्यक्रमलाई प्राथमिकतामा राख्ने सहितका निर्णय भएको उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "स्व. नेता पशुपति चौलागाईँको स्मृतिमा पुस्तक प्रकाशन गरिने"

Leave a comment

Your email address will not be published.


*