स्वास्थ्य समाग्री जिल्ला बिपद्ध ब्यवस्थापन समिति दोलखालाई हस्तान्तरण

चरिकोट(दीस) – दक्षिण कोरियामा रहेका दोलखालीले पठाएको स्वास्थ्य सामाग्री जिल्ला बिपद्ध ब्यवस्थापन समिति दोलखालाई आज हस्तान्तरण गरिएको छ । कोरोनाको महामारीकाे बेला दक्षिण कोरियामा रहेका दोलखालीहरुले १२ सय थान भिटिएम सहितको स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । आज हस्तान्तरण गरिएको अन्य सामाग्रीहरुमा  एक हजार थान सर्जिकल माक्स , एननाइटिन माक्स दुई सय वटा, पिपि सेट २० वटा , लामो गोल्पस ५० वटा , गोल्पस १० प्याकेट रहेको जनाइएको छ । समाजले पठाएको उक्त सामाग्री पत्रकार लक्ष्मण खडकाले समितीलाई हस्तान्तरण गरेका थिए । सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले स्वास्थ्य समाग्री आबस्यकता अनुसार कोरोनाको परिक्षण गर्न दोलखाका स्थानीय तहमा बितरण गरिने बताए । कार्यक्रममा जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेले दोलखामा सबैको सहकार्यले कोरोना रोकथाम गर्न सहयोग पुगेको बताए ।

Shares

Be the first to comment on "स्वास्थ्य समाग्री जिल्ला बिपद्ध ब्यवस्थापन समिति दोलखालाई हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*