स्वास्थ्य शिविरमा २ सय ७६ जनाले लिए सेवा

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एक मा सञ्चालित स्वास्थ्य शिविरमा २ सय ७६ सेवाग्राहीले सेवा लिएका छन् । भीमेश्वर नगरपालिकाद्वारा संचालित जेष्ठ नागरिक तथा महिलाहरुका लागि सञ्चालित शिविरमा आइतवार वडा नम्बर एक मा सम्पन्न शिविरमा उक्त संख्यामा सेवाग्राहीहरुले सेवा लिएका हुन् ।
आइतवार सम्पन्न स्वास्थ्य शिविरमा ४२ पुरुष तथा २ सय ३४ महिलाहरु गरी कुल २ सय ७६ जनाले सेवा लिएको वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । शिविरमा विशेषज्ञ डाक्टरहरुको टिमले सेवा उपलब्ध गराएका थिए । शिविर भीमेश्वर नगरपालिकाकी उप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "स्वास्थ्य शिविरमा २ सय ७६ जनाले लिए सेवा"

Leave a comment

Your email address will not be published.


*