स्वास्थ्य शिविरबाट चार सय ५० जना लाभान्वित

दीक्षण समाचार
चरिकोट, मंसिर ५
दोलखाको भीमेश्वर नगरपालिका–५ माटी स्वास्थ्य चौकीमा आयोजित एक दिवसीय निशुल्क स्वास्थ्य शिविरबाट चार सय ५० जना लाभान्वित भएका छन् । भीमेश्वर नगरपालिका, चरिकोट अस्पताल, गौरीशंकर सामुदायिक पुस्तकालय र माटी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा स्थानीयले परीक्षण, परामर्श तथा उपचार सेवा लिएका हुन् । शिविरमा स्त्री रोग, मधुमेह, छाला, मृगौला, दाँत, हाड जोर्नी तथा नशाका रोगीहरुलाई चरिकोट अस्पतालका डाक्टरहरु विनोद दंगाल, देवेन्द्र गौतम, हार्डजोनी विशेषज्ञ डाक्टर सागर महर्जन, डाक्टर नविता भण्डारी, सुनिल मोत्तान लगायतले उपचार गर्नुभएको थियो ।
पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा भएको शिविर समापन कार्यक्रममा पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल, भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर के.सी, वडा नम्बर ५ का वडाअध्यक्ष रामचन्द्र बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गाउमैँ आयोजित स्वास्थ्य शिविरमा सेवा लिन पाउँदा खुशी भएका स्थानीयले आर्थिक स्थित कमजोर भई उपचार गर्न नसकेका बिरामीलाई राहत मिल्ने भएकोले बेलाबेलामा यस्ता शिविरहरु आयोजना हुनुपर्ने बताए ।

Shares

Be the first to comment on "स्वास्थ्य शिविरबाट चार सय ५० जना लाभान्वित"

Leave a comment

Your email address will not be published.


*