स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता

बाबुराम शर्मा (चरिकोट) – बिगु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सञ्जीव ओलीले स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ । स्वास्थ्यमा पहिलो प्राथमिकता दीर्घ रोेगीहरुलाई दिने जानकारी दिँदै उहाँले भन्नु भयो, “उनीहरुलाई औषधिको व्यवस्था पालिकाले गर्ने छ । स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको व्यवस्था गरिने छ । पायक पर्ने ठाउँमा सामुदायिक स्वास्थ्य केन्द्रहरु सञ्चालन हुने छन् । विपन्नका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइने छ । सिँगटी अस्पताललाई इमरजेन्सी समेतको बनाइँदै हरेक महिना प्रत्येक वडाबाट स्वास्थ्योपचार दिने व्यवस्था गर्न लागिएको छ । शिक्षा आजको टडकारो आवश्यकता देखिएकाले सुरु भएको बिगु बहुप्राविधिक शिक्षालयलाई व्यवस्थित गरिने जानकारी दिँदै अध्यक्ष ओलीले भन्नु भयो, सिभिल ईन्जिनियरिङ इन डिप्लोमा विषयमा उच्च शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दारलाई छात्र वृत्तिको व्यवस्था मिलाइने छ ।
भौतिक पूर्वाधारमा सम्पन भए तापनि शिक्षामा खासै सुधार नदेखिएकाले शिक्षकलाई अपडेट गराउन डिजिटल स्रोत केन्द्र स्थापना गरिने छ । यसबाट विषयगत पुनर्ताजगी तालिम प्रदान गरी विषयगत शिक्षक तयार पारिने लक्ष्य राखिएको उहाँले बताउनु भयो ।
खानेपानी तथा सिँचाइमा भइरहेका योजनाका अतिरिक्तका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । भौगोलिक तथा माटोको किसिम हेरी अन्न खेती लगाइने पनि व्यवस्था मिलाउन लागिएकोे बिउविजन वितरण गर्नुका साथै उत्पादित वस्तुका लागि पालिकाले बजारीकरणको व्यवस्था गरिदिने र सङकलन केन्द्र र शित भण्डारको व्यवस्था मिलाइदिने बताउनु भयो । सडक कालोपत्रेका लागि रकम नभएकाले ट्रयाक खोलिएका सडकहरुमा यातायात सञ्चालन हुने गरी मर्मत सम्भार गर्दै लगिने जानकारी दिँदै उहाँले भन्नु भयो, कच्ची भए पनि आठ वटा वडा कार्यालय सडक सञ्जालमा जोडिएका छन् । क्रमशः स्तरोन्नति र कालोपत्रे गर्दै लगिने सोच रहेको उहाँले जानकारी दिनु भयो । पालिकावासीको टडकारो आवश्यकता सडक स्तरोन्नति, कालोपत्रे मोटरेबल पुल,कृषि पशु आधुनिकीकरण गरी आयआर्जनका बाटाहरु खुलाउनेमा यो कार्यकालमा तत्परताका साथ लाग्ने उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता"

Leave a comment

Your email address will not be published.


*