स्वास्थ्य परीक्षणसँगै भत्ता वितरण

दीक्षण समाचार
चरिकोट, माघ ११
दोलखाको शैलुङ गाउँपालिकाले बुधबारदेखि सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण शिविर सुरु गरेको छ । पालिकाले लक्षित वर्गहरुलाई चालु वर्षको दोस्रो चौमासिक भत्ता वितरणसँगै जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वास्थ्य शिविर सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले जेष्ठ नागरिक एवं अपाङ्गता भएका व्यक्तिहरुलाई भत्ता थाप्न र स्वास्थ्य परीक्षण गर्न सहज होस् भनेर वडामै शिविर आयोजना गरिएको बताउनु भयो । उहाँले स्थानीय सरकार भएपछि दुःख पाउनु पर्दैन भन्ने जनताको विश्वास अनुसार वडावडामा शिविर आयोजना गरी सहज व्यवस्था मिलाइएको बताउनु भयो । उहाँका अनुसार बुधबार ११ गते वडा नं. १ मा शिविर आयोजना गरिएको छ । १२ गते वडा नं. ८, १३ गते वडा नं. ५, १६ गते वडा नं. ४, १७ गते वडा नं. ३, १९ गते वडा नं. ७ र २० गते वडा नं. ६ मा शिविर आयोजना हुने छ । शिविर बिहान १० देखि साँढे दुई बजेसम्म चल्ने पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "स्वास्थ्य परीक्षणसँगै भत्ता वितरण"

Leave a comment

Your email address will not be published.


*