स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्दै तामाकोशी गाउँपालिका

जफे – दोलखाको तामाकोशी गाउँपालिकाले ७ नं. वडाको दुम्सिझाँङमा बुधबार देखि सेवाप्रदान गर्ने गरि सामुदायिक स्वास्थ्य ईकाईको स्थापना गरेको छ ।
भौगोलिक दृष्टिले वडाको हाँवा स्वास्थ्य चौकीबाट टाढा रहेका स्थानीयवासीलाई स्वास्थ्य चौकीका सेवा सुविधा प्रदान गर्ने उदेश्यले स्वास्थ्य ईकाईको स्थापना गरिएको तामाकोशी गाउँकार्यपालिकाको कार्यालयले जनाएको छ । सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएसँगै स्थानीयले प्राथमिक उपचारका साथै गर्भवतीजाँच, सामान्य ज्वरो, झाडापखाला लगाएतका स्वास्थ्य सेवाको सुविधा लिन सक्नेछन् ।

एक–एक जना अनमी र अहेव गरि दुई जना कर्मचारी रहने व्यवस्था सहित स्थापना गरिएको स्वास्थ्य ईकाइबाट नेपाल सरकाले निशुल्क वितरण गर्दै आएका सम्पूर्ण औषधिहरु समेत वितरण गरिनेछ । सामुदायिक स्वास्थ्य ईकाईको बुधबार एक कार्यक्रमका विच गाउँपालिकाका उपाध्यक्षले उद्घाटन गर्नुभएको गाउँ कार्यपालिकाक ाप्रमुख प्रशासकिय अधिकृत दीपेश कट्टेलले जानकारी दिएका छन् । त्यस्तै गाउँपालिकाले वडाका सातै वडा स्वास्थ्य चौकीहरुमा २४ घण्टे प्रसुति सेवा सञ्चालन गर्ने गरि मंगलबार जफे स्वास्थ्यचौकीमा २४ घण्टे बर्थिङ सेन्टरको स्थापना गरिएको पनि प्रशासकिय अधिकृत कट्टेलले बताए । साथै अन्य वडाका स्वास्थ्य चौकीहरुमानियमित सञ्चालनमा रहेको २४ घण्टे बर्थिङ सेन्टर शुक्रबार शहरे स्वास्थ्य चौकीमा समेत उद्घाटन गरेको पनि प्रशासकिय अधिकृत कट्टेलले जानकारी दिए ।

यससँगै गाउँपालिकाका सम्पूर्ण स्वास्थ्यचौकीमार्फत २४ घण्टे प्रसुति सेवा सञ्चालन हुने भएको तामाकोशी गाउँकार्यपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिएका छन् ।

Shares

Be the first to comment on "स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्दै तामाकोशी गाउँपालिका"

Leave a comment

Your email address will not be published.


*