स्वर्गीय नेता चन्दको स्मृतिमा श्रद्धाञ्जली सभा

SAMSUNG CSC

दीक्षण समाचार
चरिकोट, कार्तिक १०
नेपाल कम्प्यूनिष्ट पार्टी जिल्ला कार्य समिति दोलखाले स्वर्गीय नेता चन्द्र बहादुर चन्द (विरजंग) को स्मृतिमा गरेको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य समेत रहेका स्वर्गीय नेता चन्दको स्मृतिमा चरिकोट स्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली बुधबार सभा सम्पन्न भएको हो ।
पार्टीका नेता तथा कार्यकर्ताले स्वर्गीय नेताको सम्मान तथा सम्भmनामा एक मिनेट मौनधारण गर्नुका साथै उहाँको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
जिल्ला कार्य समिति दोलखाका अध्यक्ष माधव गौतम(आकाश)को अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा केन्द्रिय सदस्य पूर्ण बहादुर सिंहले स्वर्गीय नेता चन्दको निधनले पार्टीमा अतुलनिय क्षति पुगेको र अब उहाँको सपना साकार पार्न नेता तथा कार्यकर्ता उहाँको देखाएको मार्गमा लाग्नुपर्ने बताउनुभयो ।
अध्यक्ष गौतमले चन्दको निधनले पार्टीलाई स्तब्ध बनाएको बताउनुहुँदै नेता चन्दको राजिनितिक क्रियाशिलता तथा उत्पीडित श्रमजिवी जनतालाई अगाडी ल्याउन गरिएको आन्दोलनमा निर्वाह गरेको भूमिकालाई सम्मान तथा प्रशंसा गर्दै उहाँको सपना साकार पार्न जस्तो सुकै चूनौतीको पनि सामाना गर्न तयार रहेको बताउनुभयो ।
सभामा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, कांग्रेस नेता बाबुकाजी बस्नेत, नेकपाका पूर्व इन्चार्ज अर्जुन योगी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मुटु तथा सुगरका रोगी नेता चन्दको गत असोज २८ गते भारतमा उपचारको क्रममा निधन भएको थियो । उहाँको १३ औँ दिनको पूण्य तिथीमा श्रद्धाञ्जली सभा आयोजना गरी सम्मान तथा सम्झना गरिएको जिल्ला कार्य समिति दोलखाका सदस्य राजकुमार लामीछानेले बताउनुभयो । २०१७ फागुन ७ गते कपिलवस्तुमा जन्मनुभएका नेता चन्द पार्टीका नेता तथा कार्यकर्ताबीच लोकप्रिय हुनुहुन्थ्यो । उहाँको सम्मान र सम्झनामा देशभर श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।

Shares

Be the first to comment on "स्वर्गीय नेता चन्दको स्मृतिमा श्रद्धाञ्जली सभा"

Leave a comment

Your email address will not be published.


*