स्वयंसेवक बस्नेतको २ महिना को भत्ता स्थानीय जनतालाई सेनिटाइजर ,मास्क , पन्जा र जनचेतना

दाेलखा २३ चैत । बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गत जिल्ला समन्वय समिती दोलखा मा कार्यरत स्वयंसेवक सहजकर्ता राजन बस्नेतले आफ्नो २ महिना को जीवन निर्बाह मुखी भत्ता भीनपा ७ मकैबारी का स्थानीय जनता मा लगानी गरेका छन् ।
समाजसेवी तथा पत्रकार राजन बस्नेत टाेल ,बस्ती र घर घरमा पुगी मास्क वितरण तथा काेराेना बाट बच्न जनचेतना मुलुक अभियान स‌चालन गरिरहेका छ्न ।
भिमेश्वर नगरपालिका वडा नं ७ मकैबारी साखिने ,नेवार गाउँ ,भुजेल टोल लगायतका टाेलहरूमा मास्क,सेनिटाइजर ,पन्जा लगायत का स्वास्थ सामाग्री वितरण तथा काेराेना बाट बच्ने जनचेतना अभियान संचालन सगै बालबालिका र जेष्ठनागरिक लाई समेत हात धुने तरिका को बारेमा समेत चेतना दिदै हिडेका हुन ।
समाजसेवि तथा पत्रका बस्नेत ३ दिन देखी लगातार भी. न. पा ७ मकैबारीको टोल, बस्ती , घर घरमा निरन्तर हिडिरहेका उनका सहयोगी मनिस बस्नेत ले जानकारी दिए ।
कोरोना भाइरस बाट बच्न अपनाउनुपर्ने साबधानी का बारेमा पोस्टर ,पम्पप्लेट, पर्चा मार्फत भी न पा ७ मकैबारीका स्थानीय बासिन्दाहरुलाइ जनचेतनामूलक जानकारी गराउदै हिडेको र यो अभियान मकैबारीका सम्पुर्ण क्षेत्रमा पुर्याउने लक्ष्य लिएर अधि बढेको समाजसेबि बस्नेतले  बताए ।
कोरोना भाइरसले बिश्व भरी नै आतंक मच्चाइ रहेको बेला बस्नेत ले जनचेतनामूलक कार्य गरि जनतालाइ सु -सुचित गराइ सेनिटाइजर ,मास्क ,पन्जा लगायत को स्वास्थ सामाग्री बितरण गरी महत्त्वपूर्ण भुमिका निर्वाह गरेको प्रति वडा अध्यक्ष कैलाश कुमार श्रेष्ठले धन्यवाद व्यक्त गर्दै वडा को गरिमा र जनताको मनोभावना को समेत कदर गरेको भन्दै बस्नेत लाई वडा कार्यलय ले गर्नुपर्ने सहयोग आफुबाट प्राप्त हुने प्रतिबद्धता बेक्त गरे ।
बस्नेतले आफ्नो घर ,गाउँ , टोल का स्थानीय आमा बुबा दाजुभाइ तथा दिदिबहिनी को सेवा गर्न पाँउदा आफू मा आत्मा सन्तुष्टि मिलेको समेत बस्नेतले बताउदै उनले भने अरुले के गरे गरेनन् भन्दा पनि आफुले के गरि भन्नेले चाहिँ महत्त्व राख्ने बताउँदै मानिस भएर जन्म लिइसके पछि मानवतावाद मा बाच्नु पर्छ भन्ने आफ्नो धारणा रहेको र सोही अनुसार आफुले आफ्नो वडामा क्रियाशील भएर लागिरहेको र लागिरहने समेत प्रष्ट पारे ।
बस्नेतले यस अघि पनि महिला ,बालबालिका ,युवा र जेष्ठ नागरिकहरुलाइ समेत विभिन्न कार्यक्रम गर्दै राहत सामाग्रीहरु समेत बितरण गर्दै आइरहेको छ्न । बस्नेत ले लगभग रु ४० हजार बराबर को सहयोग गरेको र आफू निरन्तर खटिरहेका छन ।

 

Shares

Be the first to comment on "स्वयंसेवक बस्नेतको २ महिना को भत्ता स्थानीय जनतालाई सेनिटाइजर ,मास्क , पन्जा र जनचेतना"

Leave a comment

Your email address will not be published.


*