स्थायी शिक्षक नियुक्त

चरिकोट (दीस) ः दोलखामा ६ जना माध्यमिक विद्यालयका शिक्षकहरूको स्थायी नियुक्ति गरिएको छ । हालै शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका विभिन्न विषयका शिक्षकहरूलाई आइतवार विभिन्न स्थानीय तहहरूमा नियुक्ति गरिएको हो।
शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिको लागि सिफारिस भई आएका ६ जना शिक्षकहरूलाई जिल्लाका विभिन्न स्थानीय तहहरूमा नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख इन्दिरा खड्का (बुढाथोकी)ले जानकारी दिनुभयो । नयुक्ति गरिएका शिक्षकहरूमा तामाकोशी गाउँपालिकामा अंग्रेजी र सामाजिक विषयका एक÷एक जना, मेलुङमा विज्ञान विषयका एक जना, शैलुङ गाउँपालिकामा नेपाली विषयका एक जना, तथा कालिञ्चोक गाउँपालिका र जिरी नगरपालिकामा सामाजिक विषयका एक÷एक शिक्षक नियुक्ति गरिएको उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "स्थायी शिक्षक नियुक्त"

Leave a comment

Your email address will not be published.


*