स्थापना दिवसको अबसरमा रक्तदान

चरिकोट (दीस)– नेकपा एमाले निकट अनेरास्वीयु र युवा संघ नेपालको सँयुक्त आयोजनामा सदरमुकाम चरिकोटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २ संगठनको स्थापना दिवसको अबसरमा रक्तदान गरिएको हो । अनेरास्वीयुको ५९ औँ स्थापना दिवस र युवा संघ नेपालको ३४ औँ स्थापना दिवसको अवसरमा रक्त दान गरिएको अनेरास्वीयुका केन्द्रीय सदस्य राज कुमार ढुगेलले जानकारी दिनु भयो । उहाँका अनुसार ३५ जनाले रक्तदान गरेका छन् । जसमा ३१ जना पुरुष र ४ जना महिला रहेको युवा संघ दोलखाका प्रवक्ता सरोज वस्नेतले जानकारी दिनु भयो । रक्तदानको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले प्राविधिक सहयोग गरेको थियो ।

Shares

Be the first to comment on "स्थापना दिवसको अबसरमा रक्तदान"

Leave a comment

Your email address will not be published.


*