स्थापना दिवसको अबसरमा रक्तदान

चरिकोट, दोलखा उद्योग वाणिज्य संघको ४३ औ स्थापना दिवसको अवसरमा बुधवार दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान गरेको छ ।  रक्तदान २९ जनाले गरेका छन । रक्तदानको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले रक्तदान गर्न इच्छुक पत्रकार दिलबहादुर केसीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।  । दोलखामा अहिले सम्म गरेको रक्तदानमा सवै भन्दा बढीले रक्तदान गरेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए ।
दोलखाका संन्चारकर्मी व्यापारी तथा स्थानीयले रक्तदान गरेको पनि अध्यक्ष कार्कीले बताए । दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा बुधबार सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम गरेको हो ।
त्यसैगरी रक्तदान कार्यक्रममा सहभागी भएका सबैलाई प्रमाणपत्र दिइएको आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "स्थापना दिवसको अबसरमा रक्तदान"

Leave a comment

Your email address will not be published.


*