स्थापना दिवसको अबसरमा अखिलले वितरण ग¥यो वालवालिकालाई खाद्यान्न

चरिकोट–५४ औ स्थापना दिवसको अवसरमा अनेरास्ववियु दोलखाले गौरीशंकर बाल गृहका वालवालिकालाई खाद्यन्न तथा फलफुल वितरण गरेको छ । उद्योग वाणिज्य संघ दोलखाका द्धित्तिय उपाध्यक्ष दिनेश वस्नेतको सहयोग तथा अनेरास्ववियु दोलखाको संयोजनमा उक्त सामाग्री वितरण गरिएको अनेरास्ववियु दोलखाका संयोजक शक्ति पाठकले बताएका छन । एमाले दोलखाका अध्यक्ष एवंम तामाकोशी गाँउपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले अनेरास्ववियु दोलखाले यस्ता नयाँ काम थालनी गरेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा अनेरास्ववियु दोलखाका पदाधिकारी तथा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर काकी लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "स्थापना दिवसको अबसरमा अखिलले वितरण ग¥यो वालवालिकालाई खाद्यान्न"

Leave a comment

Your email address will not be published.


*