स्थापना दिबसमा जनहित साकोसको स्नेह केन्द्रमा सहयोग

चरिकोट(दीस ) – दोलखाको सदरमुकाममा रहेको जनहित बहुउदेश्य साकोसले आज आवाज नेपालद्धारा संञ्चालित स्नेह केन्द्रमा बिभिन्न पैष्टिक आहारा सामाग्री हस्तान्तरण गरेको छ । साकोसले आफ्नो स्थापना दिबसको अवसरका आहाराको सामाग्री दोलखाको सदरमुकाम चरिकोटमा रहेको हिंसा पीडित महिला तथा बालबालिकालाई संरक्षण गर्दै आएको स्नेह केन्द्रमा सो संस्थाकी अध्यक्ष सिर्जना कार्कीलाई उक्त सामाग्री संञ्चालक समितिका अध्यक्ष दिनेश बस्नेतले हस्तान्तरण गरेका छन् । सहकारीले यो संस्थालाई केही भए पनि सहयोग पुगोस भनेर सहयोग गरेको संस्थाका अध्यक्ष बस्नेतले बताए ।सहकारी भीमेश्वर नगरपालिकाको बहुउदेश्य सहकारी मध्ये ठुलो पँुजी भएको सहकारी हो । संस्थामा करिब ३० करोड भन्दा  बढी चुक्ता पँुजी रहेको छ । कार्यक्रममा संञ्चालक समिति कार्यसमितिमा रहेको सदस्यहरुको सहभागिता रहेको थियो । दाताको सहयोगले केन्द्र चलाउन सहयोग पुग्दै आाएको अध्यक्ष कार्कीले बताइन । केन्द्रले हिंसा पीडित महिला तथा बालबालिकालाई संरक्षण गर्दै आएको छ ।

Shares

Be the first to comment on "स्थापना दिबसमा जनहित साकोसको स्नेह केन्द्रमा सहयोग"

Leave a comment

Your email address will not be published.


*