#स्थानीय_तह_परिभाषा_विशेषः

१. स्थानीय तह भनेको के हो ??
→ नेपालको संविधान अनुसार स्थानीय तह भन्नाोले गाउँपालिका¸ नगरपालिका र जिल्ला सभा हो ।
२. गाउँपालिका भनेको के हो ??
→ गाउँपालिका एक भौगोलिक तथा शासकीय तह हो ।
३. गाउँ कार्यपालिका भनेको के हो ??
→ गाउँपालिकाको कार्यकारिणी अङ्ग गाउँ कार्यपालिका हो ।
४. गाउँसभा भनेको के हो ??
→ गाउँपालिकाको व्यवस्थापिकीय कार्य गर्ने अङ्ग गाउँसभा हो ।
५. नगरपालिका भनेको के हो ??
→ नगरपालिका एक भौगोलिक तथा प्रशासनिक इकाई हो ।
६. नगर कार्यपालिका भनेको के हो ??
→ नगरपालिकाको कार्यकारिणी अङ्ग नगर कार्यपालिका हो ।
७. नगरसभा भनेको के हो ??
→ नगरपालिकाको व्यवस्थापिकीय कार्य गर्ने अङ्ग नगरसभा हो ।
८. गाउँ सभा कसरी बन्छ ??
→ गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष¸ गाउँपालिका भित्रका वडाका वडा अध्यक्षहरु¸ प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला (१ जना दलित) सहित ४ जना सदस्यहरु रहेको र यी सदस्यको सभाले उक्त गाउँपालिका भित्रका दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित गरेका २ जना सदस्यहरु समेत मिलेर गाउँसभा बन्छ ।
९. दलहरुले महिला वडा सदस्यमा उम्मेदावारी दिंदा कसरी दिनु पर्दछ ??
→ दुई जना महिला वडा सदस्यको लागि दलहरुले मनोनयनपत्र दर्ता गर्दा एक जना दलित महिलाको नाम समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ भने एक जना मात्र महिला सदस्यको लागि मनोनयनपत्र दर्ता गर्ने दलले दलित महिलाको नाम समावेश नगरे पनि हुने व्यवस्था रहेको छ ।
१०. गाउँकार्यपालिका कसरी बन्छ ??
→ गाउँ कार्यपालिकामा एक जना अध्यक्ष¸ एक जना उपाध्यक्ष¸ गाउँपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु¸ गाउँसभाले आफुमध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्यहरु र दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका २ जना सदस्यहरु मिलेर गाउँकार्यपालिका बन्छ ।
११. नगरसभा कसरी बन्छ ??
→ नगर कार्यपालिकाको प्रमुख र उपप्रमुख¸ नगरपालिका भित्रका वडाका वडा अध्यक्षहरु¸ प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला सहित ४ जना सदस्यहरु र सो सभाले सम्बन्धित नगरपालिका भित्रका दलित वा अल्पसङ्ख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर नगर सभा बन्छ ।

Shares

Be the first to comment on "#स्थानीय_तह_परिभाषा_विशेषः"

Leave a comment

Your email address will not be published.


*