स्थानीयको आय आर्जन बृद्धि गर्न मौरी घार वितरण

नवराज शिवाकोटी, चरिकोटः दोलखाको दुगर्म उत्तरी भेगमा रहेको गौरीशंकर गाउँपालिका वडा नम्बर नौ को टासिनामका स्थानीयहरुलाई मौरीघार वितरण गरिएको छ । स्थानीयको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले गौरिशंकर गाउँपालिका तथा हिमचुली कृषि तथा महिला समूहको लागत साझेदारीमा स्थानीयहरुलाई मौरीघार वितरण गरिएको हो ।
वडा नम्बर नौ स्थित टासिनामका स्थानीयहरुलाई गौरीशंकर गाउँपालिका तथा टासिनाममा रहेको हिमचुली कृषि तथा महिला समूहको लागत साझेदारीमा हालै मौरीघार वितरण गरिएको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमागेली शेर्पाले जानकारी दिनुभयो । स्थानीयहरुलाई जम्मा ९६ वटा मौरीघार वितरण गरिएको अध्यक्ष शेर्पाको भनाई रहेको छ ।
सेरेना जातको मौरी सहितको मौरीघार वितरण गर्दा कुल ७ लाख खर्च भएकोमा गौरिशंकर गाउँपालिकाबाट ३ लाख पचार हजार तथा हिमचुली कृषि तथा महिला समूहले ३ लाख पचास हजार रुपैयाँ ब्यहोरेको समूहकी अध्यक्ष तोषिमाया तामाङले बताउनु भयो । मौरिघारको वितरणले स्थानीयहरुको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने अध्यक्ष तामाङको विश्वास रहेको छ । मौरी घार पाएबाट आफूहरु खुशी भएको स्थानीय दिलकुमारी तामाङले बताउनुभयो । वडाले पहलगरी अनुदानमा मौरीघार उपलब्ध गराएकोमा विशेषगरी स्थानीय महिलाको आमदानी बढाउन यसले मद्दत गर्ने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "स्थानीयको आय आर्जन बृद्धि गर्न मौरी घार वितरण"

Leave a comment

Your email address will not be published.


*