स्काउट दोलखाको स्थापना दिवस मनाइयो

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर २२
जिल्ला स्काउट कार्यालय दोलखाको स्थापना दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
जिल्ला स्काउट कार्यालय ४४ बर्ष पुगेको अवसरमा जिल्लामा रहेका स्काउट ट्रुप र स्काउट क्रयुले विभिन्न कार्यक्रम गरि कार्यालयको स्थापना दिवस मनाएका हुन् ।
दिवसको अवसरमा स्काउट टु्रप तथा क्रुले चरिकोट बजार सरसफाइ गरेको अल्पाइन स्काउट टु्रपले जनाएको छ ।
स्काउटले पशुपति डाँडा, बिचबजार, सातदोबाटो, पर्टोल पम्प आसपास र बसपार्कमा सरसफाइ गरेका थिए । भीमेश्वर नगरपालिकाको समन्वयमा गरिएको सरसफाइमा स्काउटका विद्यार्थी लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।
सरसफाइ कार्यक्रमको समापन पश्चात् अल्पाइन पब्लिक स्कुलको प्राङ्गणमा स्थपना दिवस समारोह गरिएको अल्पाइन ट्रुपको ट्रुप सचिव बिष्णु परियारले बताए ।
स्थापना दिवस समारोको उद्धघाटन अल्पाइन स्काउट ट्रुपको टु्रप अध्यक्ष उद्धब थापाले गरे ।
अध्यक्ष थापाले उद्धघाटन गर्दै सभ्य समाज निर्माणका लागि स्काउटले महत्वपुर्ण भूमिका खेलेको बताए ।
बालबालिका तथा युवा वर्ग स्काउटमा सहभागी भई अनुशासित गराई सामाजिक कार्यमा अग्रसर गराउन स्काउट लागि परेको उनले बताए ।
त्यसैगरि स्काउटका जिल्ला आयुक्त धुब्र बहादुर खड्काले पछिल्लो समयमा स्काउट प्रति बालबालिका , युवा सहित सबैको चासो बढ्नुका कारण स्काउटको नियम र उद्धेश्य अनुरुप स्काउटले कार्य गरेको हुनोले नै भएको उनले बताए ।
दिवस समारोहमा स्काउट संस्थापकहरु लर्ड बेडेन पावेल र लेडी बेडेन पावेलको सम्झनामा उनिहरुको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
भीमेश्वर नगरपालिकाको समन्वय र दोलखा स्काउट क्रु, अल्पाइन स्काउट ट्रुप, र द राइजिङ स्काउट ट्रुपको आयोजनामा दिवस सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "स्काउट दोलखाको स्थापना दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*