सोक्ला शिक्षा सदन भवनको शिलान्यास

चरिकोट(दीस) ः भीमेश्वर नगपालिकाकी उपप्रमुख कमला बस्नेतले सोक्ला शिक्षा सदन भवनको मंगलबार शिलान्यास गर्नु भएको छ । भवन शिलान्यास कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्नु हुदै उहाँले सोक्ला भ्यालीको शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ भवनको शिलान्यास गरिएको बताउनु भयो । उहाँले सोक्ला, खेलाप, डाँडा गाउँ, नेगल फुलपा र चक्पा क्षेत्रको शैक्षिक स्तर वृद्धिका लागि नगरपालिका प्रतिबद्व रहेको बताउनु भयो । नगर भित्र शैक्षिक सुधार गर्न नगरपालिका लागि रहेको उपप्रमुख बस्नेतको भनाई रहेको छ । सोक्ला भ्यालीमा सिचांइको दीर्घकालिन व्यवस्थापनको लागि आफू गम्भीर उहाँले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा भीनपा २ का वडा अध्यक्ष स्टालिन श्रेठ, वडा सदस्य सविना विक, जग्गा दाता तथा पुर्व वडा सदस्य निरबहादुर तामाङ, राजकुलेश्वर विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधान, फुलपा आधारभुत विद्यायलका प्रअ हरि श्रेष्ठ, शिक्षक कुशकुमार खत्री लगाएयको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "सोक्ला शिक्षा सदन भवनको शिलान्यास"

Leave a comment

Your email address will not be published.


*